त्रिशूली नदीमा २ जनाको शव फेला

Break n Links
Break n Links

धादिङस्थित त्रिशूली नदीमा २ जनाको शव फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार गल्छी गाउँपालिका-२ क्यरेनीटार र गजुरी गाउँपालिका-६ बेल्खुस्थित त्रिशूली नदी किनारमा २ वटा शव फेला परेको हो।

शवको अवस्था हेर्दा भर्खरैको बाढी-पहिरोको घटनासँग सम्बन्धित रहेको प्रहरीको अनुमान छ। शवको स्थिति र आकृतिका आधारमा दुवै मृतक पुरुष भएको बताइएको छ। शव पहिचान भइसकेको छैन।

घटनाबारे अनुसन्धानका लागि प्रहरी टोली घटनास्थलमा पुगिसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2025-07-08 12:55:00

प्रतिकृया दिनुहोस्