म्यान्मारः अमेरिकी राष्ट्रपति वाइडेनद्वारा 'सैन्य नेताहरू'विरुद्व प्रतिबन्ध घोषणा

US President Joe Biden. Photo: EPA
US President Joe Biden. Photo: EPA

अमेरिकी राष्ट्रपति जो वाइडेनले म्यान्मारका सैन्य नेताहरूमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

बुधबार राष्ट्रपति वाइडेनले जारी गरेको एक कार्यकारी आदेश अनुसार यो कदम म्यान्मार सैन्य प्रमुख जर्नेल मिन आङ हलाइङलगायत नेताहरू र परिवारप्रति लक्षित हुने बताइएको छ। 

जनता सरकारलाई सत्ताच्युत गरेर सेनाले शासनसत्ता हातमा लिएसँगै जनप्रदर्शन उग्र बन्दै गएको छ। सैन्य 'कू'को विरोधमा सडक आन्दोलनमा दशौँ हजार मानिसहरू उत्रिएका छन्। 

प्रदर्शनकारी निषेधाज्ञ अवज्ञा गर्दै सडकमा उत्रिएका हुन्। उनीहरूले प्रजातन्त्रवादी समर्थकहरू नेत्री आङ सान सु कीसहितका नेताहरूको रिहाइ माग गरिरहेका छन्। उनीहरूले सैन्य नेतृत्वलाई स्वीकार्न नसकिने स्पष्ट गरेका छन्।

अमेरिकामा रहेको एक अर्ब अमेरिकी डलर बराबरको सरकारी कोषमा म्यानमार सेनाको पहुँचमा पनि वाइडेनबाट जारी आदेशमा प्रतिबन्ध लगाउने उल्लेख गरिएको छ।

सन् २०१५ ताका म्यान्मारले ५५ वर्षपछि पाएको प्रजातन्त्र पुनः २०२१ मा गुमाउन पुगेको छ।

विश्वभरका प्रजातन्त्रवादी देशहरूले म्यान्मारको सैन्य 'कू'विरुद्वको आन्दोलनलाई समर्थन गर्दै आएका छन्। प्रजातन्त्रको लागि आधा शताब्दी संघर्ष गरेका म्यान्माली जनता फेरि सडकमा उत्रिएका छन्।



सैन्य 'कू'विरुद्ध दाैरा-सुरुवाल लगाएरै सडकमा उत्रिए बर्मेली-नेपाली

बर्मेली जनताले सैन्य 'कू' स्वीकारेनन्, निषेधाज्ञको गरे अवज्ञा 

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

सैन्य ‘कू’पछि यस्तो छ म्यान्मारको जनजीवन [फोटो फिचर]



म्यान्मार सैन्य 'कू' बारे बर्मेली नेपाली रीना वाग्लेको 'बिएल भिडियो ब्रिफिङ'

प्रकाशित मिति: : 2021-02-11 10:31:00

प्रतिकृया दिनुहोस्