अल्जेरियाका राष्ट्रपति घर फिर्ता

photo:AFP
photo:AFP

अल्जेरियाका राष्ट्रपति अडेल्माड्जीड तेब्बौन लामो समयपछि घर फर्किएका छन्।  उपचारका लागि जर्मनी जानु गएका राष्ट्रपति अडेल्माड्जीड शुक्रबार स्वादेश फर्किएका हुन्। उनलाइ सैनिक विमानमा राखेर स्वदेश फिर्ता गरिएको अधिकारीहरुले जनाएका छन्। 

उनलाई ल्याएको विमान सैन्य विमानस्थलमै रोकिएको थियो। सो विमानस्थल राजधानी अल्जर्सदेखि ४० किलोमिटर टाढा पर्दछ।राष्ट्रपति अडेल्माड्जीड कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि उपचारका लागि जर्मनी लगिएको थियो। त्यसपछि उहाँलाई गतबर्षको डिसेम्बर २० तारिखकादिन स्वदेश ल्याइएको थियो। 

फेरी खुट्टाको शल्यक्रिया गर्नुपर्ने भएपछि उनलाई जनवरी १० मा फेरी जर्मनी लगिएको थियो।

प्रकाशित मिति: : 2021-02-13 15:52:00

प्रतिकृया दिनुहोस्