स्वस्तिमा र पलको ‘ज्यानमारा मुस्कान’ सार्वजनिक 

बिएल संवाददाता

काठमाडाै‌ं

समीक्षा अधिकारी र सनी विश्वकर्माको स्वरमा रहेको गीत ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ। 

हाइलाईट नेपालको युट्युब च्यानलमार्फत आइतबार उक्त गीत सार्वजनिक भएको हो। 

गीतको शब्द तथा संगीत दुर्लभ केसीले गरेका छन्। 

गीतको भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता पल शाहको अभिनय रहेका छ। 

गम्भीर विष्टले निर्देशन गरेको भिडियोको कोरियोओग्राफी सुवोल थापा र हरि अधिकारीले गरेका हुन्। भने छायांकन अर्जुन तिवारीले गरेका छन्।

 

 

प्रकाशित मिति: : 2021-02-15 14:11:00

प्रतिकृया दिनुहोस्