जहाँ २० प्रतिशत अविवाहितले गर्भपतन गराउँछन्

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडौं, फागुन १५ : गत साता धादिङकी एक १५ वर्षीया किशोरी गर्भपतन गराउन थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृहको नामले पनि चिनिन्छ) पुगिन् । एक पुरुष (जसलाई उनले अंकल भनेकी थिइन्)सँग आएकी उनले अस्पतालको सुरक्षित गर्भपतन तथा परिवार नियोजनसम्बन्धी शाखामा गई आफू १४ हप्तादेखि गर्भवती भएको र गर्भपतन गराउन आएको बताइन् । उनीसँग स्पष्ट परिचय खुल्ने कागजात थिएन, त्यसैले आफ्नो परिचयपत्र लिएर आउन भन्दै अस्पतालले फर्काइदियो । अर्को दिन उनी विद्यालयको परिचयपत्र लिएर अस्पताल पुगिन् । 

त्यसपछि उनलाई सुरक्षित गर्भपतन गराएर पठाएको अस्पतालका उपनिर्देशक डा. श्रीप्रसाद अधिकारी बताउँछन् । अधिकारीका अनुसार, गर्भपतन गराउन आउनेहरूले आफ्नो उमेर ढाँटेका हुन्छन्, नक्कली आफन्त लिएर आएका हुन्छन्, जोखिमलाई पनि ख्याल गरेर परिचयपत्र मागिएको हो, जसमा उमेर र ठेगाना खुलेको हुन्छ ।

अघिल्लो साता कपिलवस्तुबाट १३ वर्षीया किशोरी गर्भपतनका लागि ल्याइएको थियो । कपिलवस्तुको सुरक्षित गर्भपतन तथा परिवार नियोजन शाखाले उनलाई थापाथली रेफर गरेछ । उनको अवस्था निकै नाजुक देखिन्थ्यो । उनले भने, ‘उनको बलात्कार भएको रहेछ । बायाँ आँखा र योनिमा चोट लागेको थियो ।’ 

प्रकाशित मिति: : 2021-02-27 17:59:00

प्रतिकृया दिनुहोस्