सन्तोष बराइली/ विजय साह
प्रमुख आयुक्त प्रेम कुमार राईले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदभार ग्रहण गरेको आज मगंलबार २६ दिन पुगेको छ।
उनी प्रमुख आयुक्त बनेर अख्तियार प्रवेश गरेसँगै उजुरी दिनेहरु बढेका छन्।
विशेष अदालतमा मुद्दा दर्ता बढेको छ। रगेँहात पक्राउ पर्नेको सख्या वृद्धी भएको छ। ठुल्ठुला फाइल खोलेर अनुसन्धान तीव्र बढाइएको छ।
यतिबेला भ्रष्टहरुको भागभाग मच्चिएको छ। प्रमाण भेटिए कसैले नछाड्ने उनले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन्।
सबैको ध्यान यतिबेला अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईप्रति केन्द्रीत छ।
यसैबीच हिजो सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्न खोज्दा धनुषाको बटेश्वर गाउँपालिका प्रमुख डम्बर बहादुर क्षेत्री घुस लिएको पैसाको झोला फालेर फरार भएका छन्। उनी पैसाको झोला झाडीमा फालेर भागेका थिए।
गाउँपालिका प्रमुख क्षेत्रीले विकासे योजनाको भुक्तानी दिँदा कमिसन वापत ८ लाख रकम घुस लिएका थिए।
उनले घुस लिएको रकम लिएर गाउँकार्यपालिकाको कार्यालयबाट फर्कदै गर्दा सोमबार राती गोप्य सुचनाका आधारमा अख्तियारको टोलीले उनको पिछा गरेको थियो।
घटनास्थलमा अख्तियार टोली
‘गाउँपालिका प्रमुख क्षेत्रीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले रगेँहात पक्राउ गर्न पिछा गरेको थियो’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बिएल नेपाली सेवासँग भने,–‘तर उनी पैसा बोकेको झोला फालेर फरार भए। उनको खोजीलाई तीव्र बनाइएको छ। क्षेत्रीलाई पानीमुनी लुकेपनि अख्तियारले छाड्ने छैन, कारबाहीको दायरामा ल्याईने छ।’
अख्तियारको टोली पछि लागेको सुईको पाएपछी गाउँपालिका प्रमुख घुस लिएको ८ लाख रुपैँया झाडीमा फालेर भागेको अख्तियारले जनाएको छ।
क्षेत्रीले महेन्द्रनगरस्थित जीम क्लब नजिकको झाडीमा पैसासहितको झोला फालेर भागेको बताइएको छ।
गाउँपालिका प्रमुख क्षेत्री फरार भएपनि उनले प्रयोग गर्दै आएको सवारी–साधन र चालकलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ।
अख्तियारले नियन्त्रणमा लिएको सवारी साधन
क्षेत्रीले प्रयोग गर्दै आएको प्रदेश २–०२–००१ झ ०००२ नम्बरको गाडी र चालक बीरबहादुर मगरलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएर अख्तियारको बर्दिबासस्थित कार्यालयमा राखिएको छ। फरार क्षेत्रीको खोजी तीव्र बनाइएको छ।
बर्दिबासस्थित अख्तियार कार्यालयको प्रमुख सहसचिब रामबन्धु सुवेदी हुन्।
प्रदेश नम्बर दुई भ्रष्टचारमा अन्य प्रदेशको तुलनामा नम्बर एक भनेर अख्तियारले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ भने प्रदेश नम्बर दुईमा सिरहा जिल्ला घुसको मामिलामा एक नम्बर रहेको उल्लेख छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया