म्यान्मार सेनाको 'हवाई आक्रमण'पछि शरण माग्दै थाइल्याण्ड पुगे हजारौं बर्मेली (भिडियो)

Photo : Karen Women's Organization/Twitter
Photo : Karen Women's Organization/Twitter

म्यान्मार 'सैन्य जुन्ता'ले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी राज्य कारेनका स्थानीयहरू घर छाडेर भाग्न बाध्य भएका छन्। 

सशस्त्र समूह 'कारेन राष्ट्रिय यूनियन'को निगरानीमा रहेको यस राज्यमा गत आइतबार सुरक्षा फौजकाे हवाई आक्रमणपछि मुत्राअ जिल्लाका तीन हजार बढी नागरिक ज्यान जोगाउन छिमेकी राष्ट्रतर्फ भागेका हुन्। 

पछिल्लो समय लडाकु विमानले गाउँमा त्रास फैलाउन थालेपछि उनीहरू शरण माग्दै प्रस्थान गरेका छन्। प्रायः मानिस शरण लिन थाइल्याण्ड सीमा पार गरेको सशस्त्र समूह 'केएनयू'को महिला संगठनले जनाएको छ। कतिपय स्थानीयहरू भने जंगल नजिकैका गाउँमा बसिरहेका छन्।

'जुन्ता सेना'ले आइतबार अपरान्ह ३ बजे खो काय गाउँ नजिकै हवाई आक्रमण गरेको थियो। 'सैन्य जुन्ता'को हमलालगतै स्थानीय ज्यान जोगाउन थाइल्याण्डको सीमावर्ती इलाका पार गर्दै भागेका हुन्। कारेन स्रोतकाअनुसार हवाई आक्रमणका कारण जनधनको कुनै क्षति भएको छैन।

म्यान्मार सैन्य 'कू'को विरोधमा बर्मेली नागरिक झण्डै दुई महीनादेखि आन्दोलित बनेका छन्। 'सैन्य जुन्ता'ले आइतबार मात्रै देशका विभिन्न स्थानमा ११४ प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको छ। म्यान्मारमा 'कू'यता चार सय बढी प्रदर्शनकारीले ज्यान गुमाएका छन्। 

म्यान्मार नरसंहारपछि शरण लिन पुगेका बर्मेली नागरिकप्रति थाइल्याण्ड अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन्। पश्चिमी राष्ट्रहरूले अशान्त बनिरहेको दक्षिणपूर्वी एशियाली मूलुक म्यान्मारको बढ्दो हिंसाप्रति निन्दा व्यक्त गरेका छन्।


भिडियो


ज्यान जोगाउन बंकर बनाउँदै बर्मेली

म्यानमारको सैनिक शासनका सुरक्षाफौज र विद्रोही शक्तिको गोलावारीबाट जोगिन शरणार्थीहरुले टोल-टोलमा बंकर बनाउन थालेका छन्।

गत सातादेखि उनीहरुलाई शरणार्थी शिविरमा बस्न सजिलो छैन। म्यान्मारको 'सैन्य कू' पछि गाउँ-गाउँमा विद्रोही संगठनहरु सक्रिय हुन थालेका छन्।

राज्यविरुद्ध विद्रोह गरिरहेको कचिन स्वतन्त्र सेना (केआईए)ले सरकारी सुरक्षा फौज लक्ष्यित कारवाही सुरु गरेको छ। गत मार्च-२१ मा कचिन प्रान्तस्थित विभिन्न स्थानमा भएको सरकारी सेना र विद्रोही सेनाबीचको मुठभेडले स्थानीय त्रसित छन्।

सरकारी सुरक्षा फौजको गोलाबारीले शरणार्थी शिविरनजिकै विस्फोट भएपछि थ्रुपै मानिस घाइते भएका छन्।

पछिल्लो समय कचिन प्रान्तमा जारी विद्रोह 'सैन्य कू' विरुद्ध भएको केआईएले बताएको छ। यसले बर्मेली जनतालाई कुनै नोक्सान नपुर्‍याउने दाबी छ।


म्यान्मारमा जारी ‘कू’विरूद्धको आन्दोलनमा २५४ प्रदर्शनकारीको मृत्यु

म्यान्मार ‘कू’: मर्नुअघि ७ वर्षीया खिनको अन्तिम वाक्य, ‘भो बुवा अब खप्न सक्दिनँ’ (भिडियो)

म्यान्मार 'विद्रोही सेना'द्वारा सरकारी सेनाको चौकी कब्जा

म्यान्मारको प्रजातन्त्र पुनर्बहाली आन्दोलनमा डेढ महिनाभित्र ३२० जनाको हत्या, ३ हजार गिरफ्तार

म्यान्मार नरसंहारः एकै दिन ११४ प्रदर्शनकारी मारिए (भिडियो)

म्यान्मार सेनाको क्रूरताः दिनभर हिंसा, रातभर भव्य भोजको आयोजना

प्रकाशित मिति: : 2021-03-29 09:15:00

प्रतिकृया दिनुहोस्