'हामी त रमिते मात्र भएका छौँ'

थाहा खबर

काठमाडाै‌ं

प्रदीप नेपाल

मान्छेले जेमा पनि भारतको हात देख्छ मन्ने मलाई लाग्थ्यो अलिअलि। तर त्यसले सानो लगानी गरेर ठूलो प्रतिफल लिँदोरहेछ भन्नेमा यसपालि ढुक्कै भएँ।

जय होस् लड्डुमा बिक्ने हाम्रा नेताहरूलाई। मैले माधव र प्रचण्डले लड्डु खानुभएको प्रसंग उठाउन खोजेको होइन। उहाँहरूले टिभीमै देखाएर मनोरन्जन गर्नुभएको थियो।

लड्डु खाने तर लुकाउने चलनले पो हामीलाई पिरलो पारेको रहेछ। यसपालिको खेल (प्रधानमन्त्रीविरुद्ध) मा प्रतिखेल पनि उही केन्द्रबाट भएको रहेछ। कुरो के रहेछ भने प्रधानमन्त्री केपीले जिते पनि हारे पनि नाफा चाहिँ दिल्ली दरबारतिरै पुग्ने रहेछ। त्यसैले त नेपालका सबै पार्टीहरूको परिचय तेस्रो लिंगी भएको रहेछ।  

गरिब मुलुकहरू कहिल्यै स्वतन्त्र हुन पाउँदैनन्। स्वतन्त्र हुन उत्तर कोरियाका नेता र जनताको जस्तै आँट चाहिने रहेछ। दक्षिण एशियाबाट भागेर जान मिल्ने हामी युरोप यो पूर्वी एशियातिर भागेर जान्थ्यौं होला। तर भूगोल ट्वाक्क टिपेर लान मिल्दैन।

भारतले जति दु:ख दिए पनि दक्षिण एशियाबाट हामी उत्तरी युरोपतिर जान सक्दैनौं। हामी बढीमा के मात्र सक्छौं भने भारतको सबै छिमेकीसित सम्बन्ध बिग्रिएको वर्तमान अवस्थामा, बंगलादेश, पाकिस्तान, भुटान, श्रीलंका, मालदिभ्स मिलेर भारतको दादागिरीविरुद्ध मोर्चा खोल्न सकिन्छ कि भन्ने हो।

 

प्रकाशित मिति: : 2021-03-31 13:44:00

प्रतिकृया दिनुहोस्