तामाङ रिमठिम पर्यटन सञ्जालद्धारा तामाङ सगरमाथा आरोहीलाई विदाई 

सगरमाथा आरोहणमा जादै गरेका दुई पर्यटन व्यवसायी काभ्रेका बसन्त स्याङ्तान तामाङ र सोलुखुम्बुका धन बहादुर बम्जन तामाङलाई तामाङलाई रिमठिम पर्यटन सञ्जालले विदाई गरेको छ। 
शुक्रबार स्वयम्भूस्थित तामाङ कुदाप रेस्टुरेन्टमा आयोजित एक कार्यक्रम मार्फत उनीहरुलाई शुभकामना दिँदै विदाई गरेको हो। 
उनीहरु पर्यटन पेशालाई अझै बृहत, ब्यापक र बलियो बनाउने मुख्य उदेश्य राखेर सगरमाथा आरोहण गर्न लागेका हुन्। 
कार्यक्रममा सञ्जालका महासचिव छेटुव दोङले मन्तव्य राख्दै आरोहण सफताको शुभकामना दिएका थिए। 
विदाई कार्यक्रममा टानका महासचिव सरिता लामा, सगरमाथा आरोही शम्भु तामाङ, विश्वराज तामाङ लगायतका व्यक्तिको सहभागीतमा विदाई कार्यक्रम सम्पन्न भएको थियो। 

प्रकाशित मिति: : 2021-04-03 14:32:00

प्रतिकृया दिनुहोस्