अन्तत: नष्ट गरिने भयो ७२ हजार केजी अखाद्य चिनी

सेवनयोग्य प्रमाणित गर्न एक वर्षदेखि थियो ठूलै चलखेल

व्यवसायीहरूको चर्को  दबाबमा १ वर्षदेखि पटक-पटक नमुना परीक्षण गरेर सेवनयोग्य बनाउने चलखेल गरिएको ७२ हजार केजी अखाद्य चिनी  अन्तत: सोमबार नष्ट हुने भएको छ।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले चौथोपटक पठाएको नमुना परीक्षणको प्रतिवेदनमा पनि सेवन गर्न अयोग्य भनी प्रमाणित भएपछि अन्तत: सो चिनी अगामी सोमबार (चैत २३ गते) नष्ट गर्न लागिएको हो।

राजस्वले  पठाएको नमुनाका आधारमा खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरले सेवन गर्न अयोग्य भनी प्रमाणित गरेको थियो।  खाद्यको प्रतिवेदनका आधारमा राजस्व अनुसन्धान विभागले चैत ६ गते  पथलैयालाई पत्र पठाएर सो चिनी नष्ट गर्न अनुमति दिएको हो। ७२ हजार केजी  चिनी १ वर्षदेखि राजस्व अनुसन्धान कार्यालय पथलैयाको गोदाममा थन्किएको छ।

प्रकाशित मिति: : 2021-04-03 19:16:00

प्रतिकृया दिनुहोस्