सुन बगाईरहेको सुनछहरी !

पछिल्लो समयमा बिस्तारै रोल्पाका विभिन्न पर्यटकिय स्थलहरुको संरक्षण र विकासको लागी चर्चा चल्न थालेको छ। तर चर्चा जत्तिकाे स्तरोन्नती भने पाएको पाइदैन। 

रोल्पाको पूर्वी क्षेत्रमा पर्ने सुनछहरी गाउँपालिका वडा नम्बर ४ स्यूरीमा रहेको सुनछहरी झरना वर्षौदेखि संरक्षण र प्रवद्र्धनको पर्खाइमा छ।सुनछहरीले २ वटा वडा छोएर बगेको छ। यो झरणा खसेर करिब ५०० मिटर बगेपछि स्युरी, हार्जङ र जैमाकसलाको सगंम स्थलमा रहेको लुङग्री नदिको दोभानमा मिसिन्छ छ।

सुनछहरी झरनाको विषयमा एउटा यस्तोपनि विश्वास छ कि, झरणाको पानीमा नियमित सुन बगीरहेको छ। झ्वाट्ट सुन्दा पत्यार लाग्दैन। तर एक अध्ययनले नै सुनछहरी झरणनामा सुनको खानी रहेको बताएकाे छ। 

लुम्बिनी प्रदेश सरकार, संघीय सरकार र खानी तथा भूगर्भ विभागले यस  झरनाको बारेमा चासो नदेखाएका पनि होइनन्, तर स्थानीयलाई आश्वासन मात्र भयो। सुनछहरी झरनाको प्रचार-प्रसार र विकासबारे बेलाबखत चर्चा चल्दै आएपनि खासै उपलब्धि देखिँदैन। 

आवश्यक पहल गर्नसके राष्ट्रिय पर्यटन स्थलको रुपमा निर्माण गर्नसकिने स्थानीयको भनाई छ। पछिल्लो समय यस क्षेत्रमा झरणामा खेलिने विभिन्न खेलहरु खेलिदै आएको पाईन्छ। यस क्षेत्रलाई आन्तरिक पर्यटकहरुले बनभोज स्थलको रुपमा पनि प्रयोग गर्दै आएका छन्। 


स्याउलीवाङ : एक स्वर्ग !  (फोटो फिचर)

फूलैफूलको पहाड: 'गामा' अर्थात 'जलजला' (तस्वीरसहित)

प्रकाशित मिति: : 2021-04-06 19:56:00

प्रतिकृया दिनुहोस्