लागुपदार्थमा लट्ठिँदैछ मकवानपुर, अन्तरराष्ट्रिय कारोबार केन्द्र बन्ने जोखिम

थाहा खबर

हेटौंडा

श्रीजना नेपाल

मकवानपुर जिल्ला धेरै नामले परिचित छ। बागमती प्रदेशको राजधानी र ठूलो क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रसँगै अरू धेरै राम्रा पक्षले चिनिने मकवानपुर लागुपदार्थ उत्पादन र ओसारपसार कारण पनि उतिकै चर्चामा आइरहन्छ।

मकवानपुरमा प्रहरीले वर्षेनी सयौं बिगाहा गाँजा खेती फडानी गर्नेगर्दछ। भारतको सीमानाका रक्सौलबाट पनि ६१ दशमलव ८ किलोमिटर नजिक दुरीमै रहेको मकवानपुर सीमापार लागुऔषध कारोबारको केन्द्र बनिरहेको छ।

मकवानपुर प्रहरीले दैनिक जसो लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मानिसहरू पक्राउ गरिरहेको छ। ‘विशेषगरी किशोर किशोरीहरू लागुऔषध दुर्व्यसनीमा फसिरहेका छन्,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले भने, ‘लागुऔषध ओसारपसारमा संलग्नहरू पनि युवा उमेरकै छन्‌, प्रायः पुरुषहरू नै हुन्छन्। तर, मुख्य गिरोह भने उम्किरहेको हुन्छ।’

प्रकाशित मिति: : 2021-04-13 15:28:00

प्रतिकृया दिनुहोस्