नयाँ वर्षको अवसरमा नेपाल टेलिकमको स्प्रिङ अफर 

नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसर पारेर विभिन्न प्याकेजसहितको स्प्रिङ अफर ल्याएको छ।

कम्पनीले चैत ३१ देखि ९० दिनसम्म लागू हुने स्प्रिङ अफर ल्याएको हो। कम्पनीले नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५०० एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी २ सय ९९ रुपैयाँमा १४ जिबी डाटा उपलब्ध गराउने जनाएको छ।

स्प्रिङ अफरअन्तर्गत नै १ सय २५ रुपैयाँमा सबै नेटवर्कमा १ जिबी र फोरजी नेटवर्कमा थप ३ जिबी गरी जम्मा ४ जिबी डाटा अफर ल्याइएको जनाइएको छ।

५ दिन प्रयोग गर्न सकिने यस अफरमा १ सय मिनेट कुराकानीसमेत गर्न सकिनुका साथै यो अफर २४सै घन्टा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।

यसका साथै, २ घन्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० रुपैयाँको अर्को अफर पनि थप गरिएको कम्पनीले जनाएको छ । यो अफरमा २४सै घन्टा कुनै पनि समयमा उपयोग गर्न सकिने जनाइएको छ। 

प्रकाशित मिति: : 2021-04-14 06:44:00

प्रतिकृया दिनुहोस्