यस्ता छन् 'ओपो एफ-१९' का विशेषताहरु 

ओपोले ‘ओपो एफ-१९’ को  विक्री सुरू गरेको छ।

फोनमा ३३ वाट फास्ट चार्ज सुविधा सहित ५ हजार एमएएच ब्याट्री छ। फोन ३० मिनेटमा ५० प्रतिशत बढी चार्ज हुन्छ।

फोनमा ह्याङ हुन नदिन उच्चस्तरको प्रोसेसर प्रयोग गरिएको छ। ५ मिनेटको चार्जबाटै प्रयोगकर्ताले ५.७३ घण्टा कलिङ, १.३७ घण्टा इन्स्टाग्राम र १.८१ घण्टा यूट्यूबको मज्जा लिन सक्छन्।

ब्याट्री सकिने चिन्ताबाट जोगाउन फोनमा सुपर पावर सेभिङ मोडको ब्यवस्था गरिएको छ। यसले ब्याट्री लामो समयसम्म टिकाउन अनावश्यक प्रोसेसहरू बन्द गरिदिन्छ।

फोनमा  ४८ एमपी मेन क्यामेरा सहितको रियर एआई ट्रिपल क्यामरा राखिएको छ।

रातको समयमा खिचिएका तस्विरमा स्पष्टता प्रदान गर्न यसमा नाइट मोड पनि फिचर गरिएको छ। सेल्फीका लागि १६ एमपी एआई सेल्फी क्यामरा छ। 

प्रकाशित मिति: : 2021-04-21 11:41:00

प्रतिकृया दिनुहोस्