संक्रमितलाई अस्पताल भर्ना गर्नासाथ यसकारण भयो अक्सिजन दिन जरुरी

थाहा खबर

काठमाडौँ

अतिन आचार्य

 गत वर्ष भन्दा यसपटक देखिएका संक्रमितलाई इमर्जेन्सीमा भर्ना भएदेखि अक्सिजन दिनुपरेको देशभरका विभिन्न कोभिड अस्पताल चिकित्सकहरूले बताउन थालेका छन्।

पछिल्लो समय भारत लगायत अन्य मुलुकमा नयाँ भेरियन्ट भाइरस देखिएपछि संक्रमण छिटो फैलन थालेको छ। यूके भेरियन्ट भाइरस पनि नेपालमा पुष्टि भइसकेको छ। नयाँ भाइरस तीव्र रुपमा फैलिएपछि संक्रमितहरू गम्भीर हुन थालेका छन्।

अस्पतालमा भर्ना भएका संक्रमितहरूलाई अक्सिजन दिनुपर्ने र निको हुने समय पनि ढिलो रहेको छ। भाइरस परिवर्तन भएकाले संक्रमितमा अक्सिजनको कमी, निमोनिया र खोकी अत्यधिक लाग्ने गरेको छ।  

बूढानीलकण्ठ नगरपालिका रमण सिंह (परिवर्तन नाम ) बुधबार टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको इमर्जेन्सीमा भर्ना भए। त्यहाँ भएका चिकित्सकले शरीरमा अक्सिजनको र ब्लड प्रेसर जाँच गरे। उनको शरीरमा अक्सिजन कमी भएकाले इमर्जेन्सीबाट अक्सिजन दिन थालियो।

अहिले दिनप्रतिदिन देखिएका नयाँ संक्रमितहरूमा अक्सिजन कमी भइ अस्पताल भर्ना हुने क्रम बढीरहेको छ। इमर्जेन्सीमा भर्ना भएका रमणको पनि अक्सिजन कमी भएको थियो।

प्रकाशित मिति: : 2021-04-29 21:39:00

प्रतिकृया दिनुहोस्