सरकार गैरजिम्मेवार बन्यो, खुला ठाउँमा अस्थायी अस्पताल बनाऊँ: विज्ञ

थाहा खबर

काठमाडौँ

 

सविना खनाल

कोरोनाको दोस्रो लहर उपलब्ध स्वास्थ्य प्रणालीले थेग्ने नसक्ने अवस्थामा आइसकेको भन्दै सरकारले लगभग हात उठाएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हिजो (शुक्रबार) विज्ञप्ति नै जारी गरेर अब अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसकिने उल्लेख गरिसकेको छ।

संक्रमितको उपचार निम्ति भरपर्दो व्यवस्थापन मिलाउनुको साटो सरकारले नागरिकलाई संवेदनशील बन्न औपचारिक आग्रह गर्दै जिम्मेवारीबाट पन्छिने संकेत गरेको हो। 

तर, विज्ञहरूले भने अब उपचार गर्न नसकिने आशयको सरकारी तर्क अत्यन्तै गैरजिम्मेवार रहेको बताएका छन्।

विभागीय मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ चिकित्सक डा. शुशील प्याकुरेलले अब जनताको उपचार गर्न सकिँदैन भन्नु गैरजिम्मेवारीपन भएको बताउँछन्‌।

​‘संविधानमै हरेक नागरिकले स्वास्थ्य सेवा पाउने मौलिक हक लेखिएको छ, यस्तो बेला जनतालाई स्वास्थ्य सेवा दिनु सरकारको दायित्व हो, त्यसैले सरकारले उपचार गर्न सकिँदैन भन्न पाउँदैन

प्रकाशित मिति: : 2021-05-01 11:31:00

प्रतिकृया दिनुहोस्