८ हजार ५२० कोरोना संक्रमित थपिए, २०३ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा ८ हजार ५२० जना कोरोना सङ्क्रमित थपिएका छन्।

पछिल्लो समय २१ हजार ४७८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ८४६७ तथा एन्टीजेन विधिबाट ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल ६ हजार १३५ जना निको भएका छन् भने २०३ जनाको मृत्यु भएको छ।

यस्तै, हालसम्म ४ हजार ६६९ जनाको कोरोनाका कारण मृत्यु भएको छ। पछिल्लो विवरणसँगै देशभर कोरोना संक्रमितको संख्या चार लाख ३९ हजार ६५८ पुगेको छ  । यस्तै, तीन लाख २७ हजार ६५३ जना निको भएका छन्।

यस्तै मुलुकभर सक्रिय संक्रमितको संख्या एक लाख ७ हजार ३३६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-05-14 18:13:00

प्रतिकृया दिनुहोस्