रोजा क्षेत्री
महिला, पुरुष र तेस्रोलिङ्गी गरि हाम्रो समाजभित्र फरक-फरक वर्गिकरण छ।
धेरै ठाउँमा पर्दा अगाडि महिला र पुरुषमात्र देखिदै आएका छन्। तर तेस्रोलिङ्गीहरुको अनुहार भने सधैँ नेपथ्यमा पर्दा पछाडि पाइन्छ।
राजनीति क्षेत्र, अर्थ क्षेत्र, धार्मिक क्षेत्र वा कला क्षेत्र नै किन नहोस्, तेस्रो लिङ्गीहरुको उपस्थिति निकै कम पाइन्छ। वा भनौ हाम्रो मानसिक चेतनाले उनीहरु खुल्न सकिरहेका छैनन्।
मोडलिङकै कुरा गर्ने हो भने पनि महिला र पुरुषको मात्रै सहभागिता देखिन्छ। हामी सबैले एउटै हावामा सास फेर्छौ। सबैको रगत रातो नै हुन्छ। मानिसको वर्गिकरण हुँदैन। तर हाम्रो नेपाली समाजमा यी कुराहरुबारे बहस त परै कुरा, यसबारे सोच्न पनि अफ्ठ्यारो मान्छन्।
आफूभित्र लुकेका क्षमता र प्रतिभाहरु बाहिर प्रस्फुटन गर्न पाउनु सबैको अधिकार हो। कसैले रोक्न पाउदैन। तर हाम्रो समाजमा तेस्रोलिङ्गीहरु माथि लैङ्गिक विभेद कायम नै छ। जसको कारण उनीहरु खुलेर बाहिर आउन सक्दैनन्।
मानिसले जन्मसिद्ध केही न केही लिएर आएको हुन्छ। त्यो कुरालाई सबैले प्रयोग गर्न पाउनुपर्छ। तर तेस्रो लिङ्गीहरुले खुलेर आफ्नो कला देखाउदा हाम्रो समाजले आँखा तार्छ। आखिर कहिले सम्म यो ? परिवर्तन गर्न सबैभन्दा पहिले आफ्नो चेतनाको स्तर बढाउन आवश्यक छ।
आजको २१औँ शताब्दीमा पनि यस्ता विभेदहरु खुलमखुला हुन्छ। जुन हाम्रो समाजको बिडम्बना हो। विभेदको दुर्गन्धित हावा अझै सफा हुन सकेको छैन।
नेपालको संविधानमै तेस्रोलिङ्गीबारे विभिन्न प्रावधान र कानूनी व्यवस्था छ। तर कार्यान्वयन आउन सकेको छैन। तेस्रोलिङ्गीमाथि हुने अपमान र तिरस्कार जीवितै छन्। उनीहरुलाई अपशब्दले सम्बोधन गर्ने हाम्रै समाज हो।
अब तपाई आफै भन्नुहोस्, तेस्रो लिङ्गी भएर जन्मनु उनीहरुको अपराध हो?
मानवीय धर्मको आस्थामा रहेर हामीले उनीहरुलाई बाहिर आउन सहयोग गर्नुपर्छ। सहज वातावरण निर्माण गरिदिनु पर्छ।
मानिस-मानिसबीच हुने यस्ता विभेद सबैभन्दा हानिकारक हुन्छन्। हामीले नै उनीहरुको लागि साथ दिनुपर्छ। सारथी बन्नुपर्छ।
'तेस्रो लिङ्गी कुनै पाप होइ्न, यो त बर वरदान हो' यो कुरा सबैले स्वीकार गर्न जरुरी छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया