अस्ट्रेलियाको न्यु साउथ वेल्समा मुसा आतंक

बिएल संवाददाता

न्यु साउथ वेल्स

कोरोना महामारीको बीच अस्ट्रेलियामा मुसाको आतंक एक्कासी बढेको छ।

पछिल्लो समय मुसाले खेतबारी मात्र होइन, घरभित्र प्रवेश गरेर बिजुलीको तार काट्न थालेपछि घरमा आगो लाग्ने सम्भावना बढेर गएको छ। सुतेको अवस्थामा पनि केही मानिसलाई मुसाले टोकेको घटना बाहिरिएको छ।

न्यु साउथ वेल्समा मुसाको संख्या बढेसँगै यो ठाउँलाई ‘माउस प्लेग’ घोषित गरिएको छ। कृषि मन्त्री एडम मार्शलका अनुसार मुसा खेत, घर, छत, फर्निचर, स्कुल र अस्प्तालमा प्रवेश गरिसकेका छन्।

मानिसहरू मुसाको कारण बिरामी पर्न थालेका छन्। ‘सबैभन्दा ठूलो समस्या खेतीबाट हुने उब्जनीमा भएको छ,’ कृषि मन्त्री एडमले भने, ‘हामीले यो बसन्त ऋतुसम्म मुसालाई नियन्त्रण गर्न सकेनौ भने न्यु साउथ वेल्सले आर्थिक तथा सामाजिक संकट भोग्नुपर्ने छ।’

अस्ट्रेलियाली सरकारले मुसा नियन्त्रणका लागि भारतबाट ५ हजार लिटर ब्रोमेडिओलोन बिस मगाएको स्थानीय अखबारले बताएका छन्।

प्रकाशित मिति: : 2021-05-30 14:19:00

प्रतिकृया दिनुहोस्