के हो राजेन्द्र महतोले भनेको ‘बहुल राष्ट्रिय राज्य’?

हिमाल खबर

काठमाडौँ

जसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सरकारमा उपप्रधानमन्त्री बनेकै दिन ‘बहुल राष्ट्रिय राज्य’को अभिव्यक्ति दिएपछि विवादमा परेका छन्। 

‘देशमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने, अधिकार पहिचान, सुशासन र समृद्धिको सवाल, बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने, यी कामहरू पार्टीको अजेण्डा हो।

पार्टीको त्यो अजेण्डा पनि अगाडि बढाउँदै जाने र विगतका आन्दोलनका माग मुद्दालाई पनि सम्बोधन गर्दै लैजाने, त्यसका लागि हामी सरकारमा सहभागी भएका छौं।’

२१ जेठमा उपप्रधान तथा शहरी विकास मन्त्रीको रुपमा कार्यभार सम्हाल्ने क्रममा दिएको यो अभिव्यक्तिका कारण जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता राजेन्द्र महतो विवादमा परे।

यो अभिव्यक्ति ‘राष्ट्रिय हित र अखण्डता’ विरोधी भएको भन्दै महतोको पुत्ला दहनदेखि विज्ञप्तिहरू जारी गर्ने र सामाजिक सञ्जालमा तीव्र आलोचना ओइरिनेसम्मका प्रतिक्रिया देखिए।

प्रकाशित मिति: : 2021-06-08 10:42:00

प्रतिकृया दिनुहोस्