काठमाडौंबाट कसरी हरायो रातो चिमाल?

हिमाल खबर

काठमाडौँ

ललितपुरको लुकुन्डोलमा रातो चिमालको जीवाश्म भेटिनुबाट थाहा हुन्छ, लाखौँ वर्ष पहिले काठमाडौं उपत्यका निकै चिसो रहेछ। तापक्रम बढ्दै गएपछि राता चिमाल बिस्तारैै फुल्चोकी डाँडातिर सरेछन्।

विश्वमा अहिलेसम्म फूल फुल्ने वनस्पतिका १३ करोड वर्ष पुराना जीवाश्म (फोसिल) भेटिएका छन्। त्यसबेलाका सबैजसो वनस्पति अहिले लोप भइसके पनि तिनका जीवाश्मले हामीलाई विभिन्न ठाउँको वातावरण कस्तो थियो भन्ने जानकारी दिन्छन्।

जस्तै, हिजोआज चिसो ठाउँमा हुने कुनै वनस्पतिको जीवाश्म गर्मी ठाउँमा पनि फेला पर्‍यो भने त्यो ठाउँँको जलवायु पहिले चिसो रहेछ भन्ने बुझिन्छ।

प्रकाशित मिति: : 2021-06-17 07:19:00

प्रतिकृया दिनुहोस्