महेश नेपाली
जुम्लाको सिंजा गाउँपालिका-६ का वडाध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नवीन बुढाले दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभेद गरेको उजुरी अन्ततः जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको डीएसपी दानबहादुर थापाले उजुरी दर्ता भएको पुष्टि गरेका छन्। 'किटानी जाहेरी नै दर्ता भएको छु उनले भने, 'अब अनुसन्धान गरेर दोषी भेटिए कारबाही गर्छौं।'
जुम्लाको सिंजा गाउँपालिका-६ का वडाध्यक्ष र उनका छोराले नेपालीलाई जातीय विभेदगर्दै कुटपिट गरेका थिए। वडाध्यक्ष र उनका छोराले नेपालीमाथि कुटपिट गरेर सार्वजनिक ठाउँमै जातीय विभेद गरेको पीडित नेपालीले बताए।
स्थानीय दलित अधिकारकर्मी, पत्रकारको सरसहयोगमा पीडित युवा बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराउन खोजेका थिए। तर प्रहरीले यसबारे बुझ्नुपर्ने भन्दै वडाध्यक्षलाई बचाउन उजुरी दर्ता गर्न आनाकानी गरेको थियो'
'दुई दिनसम्म प्रहरी कार्यालय जाँदा पनि उजुरी दर्ता भएको थिएन', रंगकर्मी गोविन्द सुनारले भने, 'प्रहरीले व्यवस्था गरेपछि हामीले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगमा पनि उजुरी टिपाएका थियौं।'
बिहीबार प्रहरीले वडाध्यक्ष बुढा र पीडित युवालाई बोलाएर छलफल गरेर घटना मिलाउन खोजेको थियो। उजुरी नै दर्ता गर्न नमानेको प्रहरीको आनाकानीको विषयमा समाचार आएपछि कर्णाली प्रदेशकी आन्तरिक मामिलामन्त्री नेपाली पनि घटनाबारे चाँसो राखेकी थिइन्।
चौतर्फी दबाब पछि शुक्रबार दिउँसो जुम्ला प्रहरी उजुरी दर्ता गर्न सहमत भएको हो। पीडित युवाले वडाध्यक्ष बुढा र उनका छोरा नवीनविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया