महेश नेपाली
जुम्लाको सिंजा गाउँपालिका-६ का वडाध्यक्ष कालिबहादुर बुढा र उनका छोरा नवीन बुढाले दलित युवा विवेन्द्र नेपालीमाथि गरेको जातीय विभेद गरेको उजुरी अन्ततः जिल्ला प्रहरी कार्यालयले दर्ता गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दर्ता भएको डीएसपी दानबहादुर थापाले उजुरी दर्ता भएको पुष्टि गरेका छन्। 'किटानी जाहेरी नै दर्ता भएको छु उनले भने, 'अब अनुसन्धान गरेर दोषी भेटिए कारबाही गर्छौं।'
जुम्लाको सिंजा गाउँपालिका-६ का वडाध्यक्ष र उनका छोराले नेपालीलाई जातीय विभेदगर्दै कुटपिट गरेका थिए। वडाध्यक्ष र उनका छोराले नेपालीमाथि कुटपिट गरेर सार्वजनिक ठाउँमै जातीय विभेद गरेको पीडित नेपालीले बताए।
स्थानीय दलित अधिकारकर्मी, पत्रकारको सरसहयोगमा पीडित युवा बुधबार मात्रै जिल्ला प्रहरी कार्यालय पुगेर उजुरी दर्ता गराउन खोजेका थिए। तर प्रहरीले यसबारे बुझ्नुपर्ने भन्दै वडाध्यक्षलाई बचाउन उजुरी दर्ता गर्न आनाकानी गरेको थियो'
'दुई दिनसम्म प्रहरी कार्यालय जाँदा पनि उजुरी दर्ता भएको थिएन', रंगकर्मी गोविन्द सुनारले भने, 'प्रहरीले व्यवस्था गरेपछि हामीले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय दलित आयोगमा पनि उजुरी टिपाएका थियौं।'
बिहीबार प्रहरीले वडाध्यक्ष बुढा र पीडित युवालाई बोलाएर छलफल गरेर घटना मिलाउन खोजेको थियो। उजुरी नै दर्ता गर्न नमानेको प्रहरीको आनाकानीको विषयमा समाचार आएपछि कर्णाली प्रदेशकी आन्तरिक मामिलामन्त्री नेपाली पनि घटनाबारे चाँसो राखेकी थिइन्।
चौतर्फी दबाब पछि शुक्रबार दिउँसो जुम्ला प्रहरी उजुरी दर्ता गर्न सहमत भएको हो। पीडित युवाले वडाध्यक्ष बुढा र उनका छोरा नवीनविरुद्ध किटानी जाहेरी दर्ता गरेका छन्।
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया