एनआरएनए जापानकाे अध्यक्षमा बस्नेतकाे उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अधिवेशन नजिकिएसँगै उम्मेद्वारी घोषणा गर्ने क्रम तिब्र भएको छ।

यसै क्रममा वर्तमान कार्यसमितिका सल्लाहाकार एवम ओशाकामा रहेर एनआरएन अभियानमा क्रियाशील नरेन्द्र कु.बस्नेत (दिनेश)ले अध्यक्षमा उम्मेद्वारी घोषणा गरेका छन्। बस्नेतले सन् २०२१ देखि २०२३ सम्मकाे  कार्यकालको लागि उम्मेद्वारी घोषणा गरेका हुन्।

उनले उम्मेद्वारी घोषणा गर्दै छानबिन समितिको प्रतिवेदन र केही विवादित घटनाक्रमले जन-मानसमा एनआरएनए जापानको छवि केही धमिलिएको अवस्थामा जापानवासी नेपालीको सुख-दु:खमा अभिभावक भएर साथ दिन सक्ने गरि संस्थालाई परिस्कृत गर्दै एनआरएनएको साख बढाउने गरि आफू अगाडि बढ्ने बताएका छन्।

उनले जापानवासी नेपाली र राष्ट्र हितसँग सम्बन्धित हरेक कुरालाई आफूले प्राथमिकता दिनेसमेत बताए।

सन् २००६ मा कान्साई क्षेत्रीय समितिको संस्थापनमा विशेष भूमिका निभाउदै निरन्तर एनआरएनए अभियानमा सकृय बस्नेत सन् २०११-२०१३ सम्म कान्साई समितिकाे उपसंयोजक थिए। त्यस्तै सन् २०१३-२०१५ कान्साई संयोजक हुँदै एनआरएनए अभियानमा जोडिएका थिए।

बस्नेतले सन् २०१५-२०१७ सम्म एनआरएनए जापानको क्षेत्रीय समन्वय समिति संयोजक तथा २०१७-२०१९ र २०१९-२०२१ मा क्रमश: एनआरएनए जापानको सल्लाहकारको रुपमा कार्य सम्पादन गर्दै आईरहेका छन्। 

प्रकाशित मिति: : 2021-07-10 18:03:00

प्रतिकृया दिनुहोस्