२८३८ जना कोरोना संक्रमित थपिए, ३० जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ८३८ जना कोरोना सङ्क्रमितकोथपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७१५ पीसीआर परीक्षणमा १ हजार ९१८ र ३ हजार ९०१ एन्टिजेन परीक्षणमा ९३१ जना गरी २ हजार ८३८ जनामा संक्रमण पुष्टि भएको हो।

हालसम्म ६ लाख ३६ हजार ४०२ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ४७५ सङ्क्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप ३० जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६३७ पुगेको मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-21 16:54:00

प्रतिकृया दिनुहोस्