म्यान्मार सैन्य सरकारले अपनायाे जेलमा कोरोना फैलाएर राजबन्दी मार्ने रवैया

AFP
AFP

फेब्रुअरी– १ को त्यो दिन गिरफ्तार गरेर इन्सेइन जेलमा नकोचिएको भए आज उ न्यान विन जीवित हुने थिए। काेराेना भाइरसले उनको ज्यान लिएको भए पनि उनको मृत्युको खास कारक न कोरोना भाइरस थियो न–त उनको ७९ वर्षको उमेर। म्यान्मारको सेनाले मनोमानीपूर्ण ढङ्गबाट उनलाई जसरी गिरफ्तार गरेर नजरबन्दमा राख्यो, त्यो नै उनको म्रुत्युको प्रमुख कारण थियो। स्पष्ट रुपमा भन्दा उ न्यान विनलाई मार्ने उनलाई थुनामा राख्नेहरू थिए।

'कू'का अगुवा जनरल मीन औङ्ग ह्लाइङ्गले 'नेशनल लिग फर डेमोक्रेसी' (एनएलडी) पार्टीका दर्जनौँ अगुवा नेता र उक्त पार्टीले नेतृत्व गरेको निर्वाचित सरकारसँगै थुप्रै अभियन्ता, आलोचक, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूको गिरफ्तार गरेका छन्। जनरल ह्लाइङ्गले नजरबन्दको आदेश जारी गर्दै फेब्रुअरी- १ को बिहान  सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका थिए।

ततपश्चात् मीन औङ्गको नेतृत्वको सैन्य शासकले पाँच हजारभन्दा धेरै प्रजातन्त्रवादीलाई गिरफ्तार गरी डरलाग्दा जेलहरूमा कोच्यो। धेरैलाई त कठोर यातना दियो। जसले सैन्य 'कू' गरेर सत्ता हत्यायो, उसले नै तिनीहरूलाई बन्धक बनायो।

एनएलडीका कानूनी सल्लाहकार र एक महत्वपूर्ण सदस्य थिए– उ न्यान विन। उनी सैन्य 'कू' नगरिएको भए निश्चय पनि आज जीवित हुने थिए। मिन औङ्गका कृयाकलाप, निर्णय र निर्देशन नै एनएलडी कार्यकार्ताको निधनको कारक थियो। 

मीन औङ्ग ह्लैङ्ग पछिल्लो पाँच महिना एक नरसंहारकका रुपमा परिचित भएका छन्। उनको निर्देशनमा सेना र प्रहरीले नौ सयभन्दा धेरै 'कू' विरोधी प्रदर्शनकारी, सर्वसाधारण,  बालबच्चाहरुको निर्दयी रुपमा विभत्स हत्या गरेको छ। पीडितका चोटहरु हेर्दा देख्न सकिन्छ– सेनाले जानाजान सर्वसाधारणलाई ताकेर हिंसा बढाइरहेको छ। जो गिरफ्तार भएका छन्, उनीहरुलाई हिराशतमा राखेर बर्बर्तापुर्ण ढङ्गले पीडा दिएर मारिराखेको छ।

तर विनको मृत्यु फरक छ। यो सेनाको नयाँ शैली देखिन्छ। शासनविरोधीहरुलाई असुरक्षित जेलहरुमा जानाजान कोरोना भाइरसको बशमा छाडिदिनु। यसरी नै विनलाई मृत्युको मुखमा प्रवेश गराइएको थियो। 

विन हिरासतमा काेराेना लागेर मृत्युभएका पहिलो राजनैतिक बन्दी हुन। उनी अन्तिम हुने छैनन्। विनजस्तै उमेर खाएका राजनैतिक बन्दीहरु पनि छन् जो कोरोना भाइरससँग सेनाको क्रूर जेलखानामा जुधिरहेका छन्।  

७३ वर्षिय उ हान था म्यिन्ट पनि इन्सेइन जेलामा कोरोना भाइरस संक्रमणपश्चात् अस्पताल भर्ना भएका छन्। रङ्गुनका अपदस्थ मुख्यमन्त्री उ फ्यो मिन् थेइन पनि सेनाको नजरबन्दमा छदा कोरोना लागेर अस्पताल भर्ना भए। थुनामै राखिएकी उनकी श्रीमती पनि संक्रमित भएको खबर छ। उमेरले ५० वर्षकै हाराहारी भए पनि केही वर्षअघि उनको मुटुको शल्यक्रिया गरिएको थियो।

सेनाले नियन्त्रण गरेको करिब पाँच हजार राजबन्दीमध्ये सयौँ एनएलडीका ज्येष्ठ नेता, सरकारका अपदस्थ मन्त्री र पार्टीका निर्वाचित सदस्य रहेका छन्। उ न्यान विन जस्तै प्राय: सबै शीर्षनेता ६०-७० वर्ष नाघेका छन्।

माण्डलेका अपदस्थ मुख्यमन्त्री तथा एनएलडीका उपसभापति  डा. ज्याउ म्यिन्ड माउङ्ग पनि पनि एक हुन्, जो ल्युकेमिया (ब्लड क्यान्सर)बाट पीडित छन्। 

कैयौँ जीवनहरू, म्यान्मार सैन्य शासकको नजरबन्दमा एकदमै ठूलो खतरामा छन्। नि:सन्देह सबैका परिवारहरु ठूलो डरमा बाँचिरहेका छन्। नेता विनको दु:खद निधनको समाचारले यो डर अझै बढेर गएको छ।

समाजिक सञ्जालमा शुभचिन्तकहरु बन्दी बनाइएकाहरुको रिहाइको माग गर्दै आन्दोलित भएका छन्। धेरैले त सेना प्रमुखलाई जानाजान कोराेनाको सङ्क्रमण जेलभित्र फैलाएको आरोप पनि लगाएका छन्। अन्तराष्ट्रिय समुदायले त राजनैतिक कैदीहरुको रिहाइको लागि निरन्तर माग गरिरहेकै छन्।

'कू'का अगुवा ह्लाइङ्गको रवैया बेग्लै छ। उनी जे गरिरहेका छन्, सोचेर गरिरहेका छन्। उनलाई आफ्ना विरोक्षी सिध्याउनु छ। आफ्ना प्रतिपक्षीहरू जो एनएलडीसँग आवद्ध छन्, उनीहरुलाई जसरी पनि सक्काउनु छ।

ह्लाइङ्गको रवैया नररसंहारी नै छ। उनी आफ्ना राजनैतिक विपक्षीलाई मारेर भए पनि सक्काउन तयार छन्। यसभित्र ती सबै पर्छन्, जसले म्यान्मारमा प्रजातन्त्रको माग गरिरहेका छन्।

यो रवैया ह्लाइङ्गसँग त्यो दिनदेखि नै थियो, जुन दिन उनले 'कू' गरेर सत्ता हत्याएका थिए। त्यसपछि उनले एनएलडीसँगसँगै क्षेत्रीय दलहरु, नागरिक समाज, स्वतन्त्र सञ्चारमाध्यम र राष्ट्रिय  मुक्तिका लागि लडिरहेकाहरुको खिलाफ नरसंहारको श्रृङ्खला सुरु गरेका छन्।

यस कूटिल अभियानले सैन्य तानाशाहीको विरूद्ध म्यानमारका जनताको प्रतिरोधलाई कमजोर पार्ने दुष्प्रयास गरेको छ। संयुक्त राज्य अमेरिकाले नेतृत्व गरेको अन्तर्राष्ट्रिय समुदायले  म्यान्मारको नरसंहार रोकेर आफ्नो कूनै राजनैतिक लाभ देख्दैन, त्यसैले आफ्नो विरोधलाई सीमित राखेको छ।
 
म्यान्मार शैन्य शासनले एउटा राजनैतिक नरसंहार चलाइराखेको छ। सेना प्रमुख ह्लाइङ्ग आज राक्षसी प्रतीक भएका छन्। यद्यपि उनी शक्तिशाली छन्।

म्यान्माली जनताले अझै क्रूर नरसंहार देख्ने छन्– शीरमा बर्सिने गोलीहरू र घातक यातनाहरु मात्र हैन, आफू निष्क्रिय रहेर गरिने हत्याहरू। जसरी उ न्यान विनलाई मारियो। अब अर्को को हुनेछ, अनि त्यसपछि को ? अनि अर्को को ? अनि त्यसपछि ? शैन्य शासनले आफ्नो राजनैतिक विपक्षीहरू लोप नहुन्जेल यो श्रृङ्खला रोक्नेवाला छैन।

– एजेन्सीकाे सहयाेगमा

प्रकाशित मिति: : 2021-08-01 07:34:00

प्रतिकृया दिनुहोस्