जेफ बेजोसले यसरी पुरा गरे 'अन्तरिक्ष पर्यटन'काे सपना

Photo : businessinsider.com/foxbusiness.com
Photo : businessinsider.com/foxbusiness.com

पछिल्लाे समय अन्तरिक्ष यात्रामा जान ठूला व्यवसायीहरूबीच प्रतिस्पर्धा भइरहेकाे छ।

अन्तरिक्ष पर्यटनकाे विषयले यतिबेला विश्वभर नै प्राथमिकता पाएकाे छ। यहाँसम्म कि विभिन्न अन्तरिक्ष कम्पनीहरुले समेत आ–आफ्नै वैज्ञानिक अवधारणाले नयाँ-नयाँ प्रयाेग र परिक्षण गरिरहेका छन्।

एक अर्थमा भन्ने हो भने अन्तरिक्ष कम्पनीहरुको अहिले ठूलो प्रतिस्पर्धा चलिरहेकाे। अन्तरिक्षमा पर्यटकलाई छिटो र सुरक्षित यात्रा तय गर्दै अन्तरिक्ष उडानहरु अघि बढाइएका छन्।

त्यही प्रतिस्पर्धामा उत्रिएको एउटा कम्पनी हाे- 'ब्लू ओरिजन'। अन्तरिक्ष पर्यटनको विकासका लागि 'ब्लू ओरिजन'ले धेरै परिक्षण गरिसकेको छ। कयौं परिक्षणपछि 'ब्लू ओरिजन'ले अन्तरिक्ष यात्री लिएर पहिलाे पटक यही जुलाइ २० मा अन्तरिक्ष उडान गर्न सफल भयाे।

उक्त अन्तरिक्ष यात्रामा 'ब्लू ओरिजन'का संस्थापक जेफ बेजोससँगै उनका भाइ मार्क बेजोस, फन्क वाली र ओलिभर डामेन पनि रहेका थिए।

विश्व कीर्तिमान

वाली फन्क अन्तरिक्षमा जाने सबैभन्दा बढी उमेरकी महिला बनिन्। उनको यो अन्तरिक्ष यात्राले उनलाई विश्व कीर्तिमानको उपाधि दिलायाे। उनको उमेर अहिले ८२ वर्ष भयो। उनी एक पाइलटसमेत हुन्। उनले सन् १९६० को दशकदेखि नै अन्तरिक्षमा जाने सपना देखेकी थिइन्। उनी त्यतीबेला पहिलो महिला अन्तरिक्ष यात्री बन्न चाहान्थिन्। तर उनको सपना पुरा हुन सकेन। कयौं वर्षको प्रतिक्षापछि उनी अन्तरिक्ष यात्रा गर्न सफल भइन्।

ओलिभर डामेनले पनि विश्व कीर्तिमान कायम गरे। ओलिभर अन्तरिक्षमा जाने सबैभन्दा कम उमेरका युवक बनेका छन्। एक व्यक्तिले २ करोड ८० लाख डलरको टिकट रद्द गरेपछि उनले अन्तरिक्षमा जाने मौका पाएका थिए। खासमा उनका बुवाले अन्तरिक्षमा जान भनेर टिकट लिएका थिए। उनले लिएको टिकट दोस्रो उडानका लागि थियो। ओलिभरका बुवा जोएस डामेन एक वित्तीय कम्पनीका सिईओ पनि हुन्। जोएसको पालो पहिलो उडानमै आएपछि उनले छोरालाई पठाउने निर्णय गरे। सोही निर्णयले उनलाई विश्व कीर्तिमान बनायो। ओलिभर डामेन भौतिकशास्त्रका विद्यार्थी हुन्।

'ब्लू ओरिजन'को न्यु शेपर्ड चार प्रतिघण्टा तीन हजार किलोमिटरभन्दा बढीको गतिमा उडेको थियो। रकेट उडेको दुई मिनेटमा रकेटबाट क्यापसुल छुट्टिएको थियो। उक्त स्पेसशिप १०० किलोमिटर माथिसम्म पुगेको थियो। जम्मा १० मिनेटको यात्रामा अन्तरिक्ष यात्रीहरुले चार मिनेटसम्म शून्य गुरुत्वआकर्षणमा रहेर आनान्द लिए। उक्त क्यपसुलमा ठूला–ठूला झ्यालहरु रहेका थिए। सोही झ्यालहरुबाट नै अन्तरिक्ष यात्रीहरुले पृथ्वीको अवलोकन गरेका थिए। न्यु शेपर्ड जहाज पर्यटन पर्वद्धनको लागि नै बनाइएको थियाे।

सफल यात्रापछि जेफ बेजोसले आफ्नो लक्ष्य पुरा भएको बताएका छन्। साथै यो क्षण सबैभन्दा रमाइलो भएको पनि उनले बताए। सबै अन्तरिक्ष यात्रीहरुले खुसी हुँदै अन्तवार्ता दिएका थिए। यो यात्रालाई अर्बपतिहरुको अन्तरिक्ष दौडको उदाहरणको रुपमा लिइएको छ।

केही साताअघि मात्रै व्यवसायी रिचार्ड ब्रान्सनको 'भर्जिन ग्यालेक्टिक'ले अन्तरिक्ष उडान गरेको थियो।


धर्मपुत्रदेखि अमेजनसम्मः जेफ बेजोस कसरी बने विश्वकै सर्वाधिक धनी व्यक्ति?

बेजोसले वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंकमा पनि काम गरे। तर उनी कुनै जागिरेभन्दा पनि मालिक बन्न चाहन्थे। बैंकमा काम गरिरहदा उनले धेरै कुरा सिके। यहाँ सम्म कि दश वर्षपछिकाे इन्टरनेटको भविष्य र दुनियाँलाई उनले सतर्कतासहित कल्पना गरे।

वास्तवमा 'इ-कमर्श'को कल्पना गरेर उनले मासिक नेपाली ३१ लाख तलबकाे बैंककाे जागिर छाडेका थिए, जतिबेला उनकाे उमेर ३० वर्ष थियाे।

जागिर छोडेलगतै उनले सन् १९९४ मा अमेजनको अफिसियल्ली शुरुवात गरे। दश वर्षपछिकाे भविष्यलाई गम्भीर रुपमा अध्ययन गरेर आधुनिक 'इ-कमर्श' अवधारणामा कम्पनी खाेल्नु नै उनकाे सबैभन्दा उत्कृष्ट चलाखी थियाे। जसले आज उनलाई सफलताकाे टाकुरा पुर्यायाे।

सुरुवाती दिनहरुमा अमेजनले पुराना किताबहरु मात्र बेच्ने गर्दथ्यो। त्यतिबेला विश्वका सबै देशहरूमा इन्टरनेटकाे पहुँचमा पुगिसकेका थिएनन्। 

तर जब विस्तारै विश्वभरीका देशहरूमा इन्टरनेटकाे सुविधा पुग्न थाल्याे, तब अमेजनको लोकप्रियता तिब्र रूपमा बढ्न थाल्याे।

प्रकाशित मिति: : 2021-07-28 09:38:00

प्रतिकृया दिनुहोस्