‘बेइजिङ ओलम्पिक’ भाँड्न तिब्बती १० समूहको भारतमा गोप्य बैठक, झस्कियो चीन

कमल प्रभात

काठमाडाैं

चीनको राजधानी बेइजिङमा सन् २००८ अगस्त ८ मा ‘बेइजिङ ओलम्पिक’ चलिरहेको थियो, आर्थिक शक्तिका रुपमा उदाउँदै गरेको चीनले उक्त ओलम्पिकमा देखाएको तामझामले पश्चिमा राष्ट्रहरुसहित विश्व नै चकित थियो। 

एकाएक १४ मार्च २००८ का दिन चीनको स्वशासित क्षेत्र तिब्बतको राजधानी ल्हासामा दङ्गा भड्कियो। उक्त दङ्गामा सयौंको ज्यानसमेत गयो। दङ्गा भड्काउनुको एक मात्र उद्देश्य थियो– ओलम्पिकलाई असफल बनाउनु।
चीनलाई घुँडा टेकाउने गरी दङ्गा गराउने समूह कुनै अर्को थिएन, तिब्बतबाट भागेर भारतमा शरण लिएर बसिरहेका तिब्बतीहरु थिए। पश्चिमा राष्ट्रको सहयोगमा तिब्बतीहरुले उक्त हुलदङ्गा मच्चाएको चीनको निष्कर्ष थियो।

आफ्नो भूमिमा सामान्य रुपमा विरोध गर्दा चिनियाँ शासकले कडा दमन गरेको भन्दै संसारभरिका तिब्बतीहरुले आन्दोलन छेडे। त्यसको प्रभाव नेपालभित्र पनि पर्यो। 
ल्हासाको उक्त घटनापछि तीन महिनासम्म नेपालमा पनि लगातार तिब्बतीहरु आन्दोलित भए। दैनिकजसो चिनियाँ दूतावास र कन्सुलरको कार्यालय घेराउ गर्न जाने र सयौँ तिब्बती शरणार्थीहरु पक्राउ पर्ने गरेका थिए।

नेपाल ‘एक चीन नीति’ मा अडिग त थियो तर दिनहुँ चीनविरोधी गतिविधि हुन थालेपछि नेपाल सरकारसँग त्यो बेला चीन निकै चिढिन पुगेको थियो। तिब्बतीविरुद्ध प्रहरीले कडा अपरेशन चलायो । त्यसपछि मात्र तिब्बतीहरु तितरबितर भएका थिए।

चीन चाहन्छ– नेपाली भूमिबाट चीनविरोधी कुनै पनि गतिविधि नहोस्। नेपालसँग खुला सिमाना रहेका कारण भारतमा निर्वासित तिब्बती शरणार्थीहरुले नेपाली भूमि दुरुपयोग गरी गोप्य रुपमा आफ्ना गतिविधि सञ्चालन गर्ने गरेका छन् जसलाई नेपाल सरकारले सकेसम्म कडाइ गरेको छ ।  

चीनको राजधानी बेइजिङमा सन् २००८ को गृष्मकालीन ओलम्पिक भएको थियो– जुलाई ८ देखि। त्यसको १४ वर्षपछि सोही भूमिमा शीतकालीन ओलम्पिक (विन्टर ओलम्पिक) सन् २०२२ हुँदैछ ।

आगामी फेब्रुअरी ४ देखि २२  बेइजिङमा हुने ‘बेइजिङ ओलम्पिक’ लाई बिथोल्ने योजना ‘एक चीनविरोधी’ तिब्बती शरणार्थीले बनाउन थालेपछि फेरि चीनको टाउको दुख्न थालेको छ।
दलाई लामा नेतृत्वको तिब्बती निर्वासित सरकारको भ्रातृ सङ्गठन र तिब्बत निर्वासित सरकारका समर्थकहरुको समूहको अघिल्लो महिना भारतको धर्मशालामा संयुक्त बैठकले बसेको छ। उक्त बैठकले बेइजिङमा हुने ‘विन्टर ओलम्पिक’ लाई बहिष्कार गर्न विश्व समुदायलाई आग्रह गरिसकेको छ। उक्त घटनाले चीनको टाउको दुख्न थालेको हो।

धर्मशालामा बसेको तिब्बती निर्वासित सरकारको भ्रातृ सङ्गठन र उसका समर्थक समूहको बैठकले चीनको कम्युनिष्ट सरकारले तिब्बतमा ज्यादति गरेको, सिञ्जियान प्रान्तका अल्पसंख्यक उईगुर मुस्लिम समुदायमाथि दमन गरी मानवअधिकार हनन् गरेको भन्दै चीनले आयोगना गर्न लागेको खेलमा सहभागी नभई त्यसप्रति विरोध जनाउन विश्व समुदायलाई अपील गरेको थियो।
धर्मशालास्थित स्रोतका अनुसार, बैठकमा १० संगठनको सहभागिता थियो। जसमा तिब्बती युथका ग्रेसदेखि भारतमा रहेका तिब्बतीय सहयोग समूहहरु थिए। 
पछिल्लो समयमा तिब्बती युथ कंग्रेस (टीवाईसी) तिब्बती समूहको अगुवा समुह हो। यो समुहले चीनको खरो विरोध गर्नुका साथै चीनमै घुसेर विभिन्न विरोधका कार्यहरु गर्दै आएको छ। यसको सञ्जाल विश्वभरि छ।

‘बेइजिङ ओलम्पिक’ २०२२ लाई बहिष्कार गर्न तिब्बती शरणार्थीहरुका संगठनहरु र तिब्बती शरणार्थीहरुलाई सहयोग गर्ने भारत तथा अमेरिकी नागरिकहरुले खोलेका संगठनहरुले समेत समर्थन जनाइसकेका छन्।

धर्मशालामा बसेको बैठकपछि तिब्बती शरणार्थीलाई सर्मथन गर्ने समूह एकजुट भएको स्रोतले बीएल नेपाली सेवालाई जानकारी दियो।

ओलम्पिक बिथाल्न लागेका १० समूह

तिब्बती शरणार्थीहरुको क्रान्तिकारी संगठनका रुपमा चिनिने तिब्बत युथ कंग्रेस, तिब्बत वुमेन एसोसिएसन, स्टुडेन्ट फर फ्री–तिब्बत गुचुसुम नगरी एसोसिएशन, भारत तिब्बत सहयोग मञ्च लगायतका १० समूह छन्। जुन समूह ओलम्पिक भाड्न लागिपरेका छन्।

 

केही समयदेखि गुपचूप रहेका तिब्बतीहरु भारतको बैठकपछि नेपालमा पनि केही विरोध देखिने गतिविधि आयोजना गर्ने योजना बनाउन थालेका छन्। नेपालभित्र अहिले करिब १४–१५ हजार तिब्बती शरणार्थीहरुको बसोबास छ।

दलाई लामाको नेपाल प्रतिनिधिको कार्यालय, लाजिम्पाट स्रोतका अनुसार नेपालमा रहेका केही तिब्बतीहरुले ओलम्पिक बिथोल्ने गतिविधि गर्न जुटेका छन्। 
दलाई लामाले सन् १९५९ मार्च १० देखि तिब्बतमा चीनिया शासनको विरोध गर्दै भारतमा राजनैतिक शरण लिएर बस्दै आएका छन्। उनले भारतमै तिब्बतको निर्वासित सरकार चलाउदै आएका छन्।
दलाईको स्वतन्त्र तिब्बत आन्दोलनमा विश्वको शाक्तिशाली राष्ट्र अमेरिकाको सहित पश्चिमेली शक्तिराष्ट्रहरुको समेत पूर्ण सहयोग रहँदै आएको छ तर चीन भने दलाई लामाको गतिविधिलाई पृथकतावादी गतिविधि बताउँदै आएको छ। उसले तिब्बत कहिल्यै स्वतन्त्र राष्ट्र नरहेको र चीनकै हिस्सा भएको दाबी गर्दै आएको छ। 


निर्वासित तिब्बती प्रधानमन्त्री पेम्बाद्वारा पद तथा गोपनीयताको सपथग्रहण

नेपालमा फेरि बढ्यो तिब्बतीको गतिविधि, कडाइ गर्दै प्रहरी

प्रकाशित मिति: : 2021-07-29 19:59:00

प्रतिकृया दिनुहोस्