'साम्राज्यहरूको चिहानघारी' अफगानिस्तान [भिडियो रिपोर्ट]

अमेरिकी सैनिक फिर्ता भएलगत्तै तालिबानले अफगानिस्तानको सत्ता कब्जा गरिसकेको छ। 

इतिहासमा थ्रुपै युद्धहरू भोगेको अफगानिस्तानमा साम्राज्य खडा गर्न लागिपरेका शासकहरूको पराजय र पतनबारे एकजना अध्येता सेठ जोन्सले सन् २००९ मा ‘साम्राज्यहरूको चिहानघारी’ (१९९०) नामक पुस्तक नै प्रकाशित गरिसकेका छन्। उक्त पुस्तकमा रोचक तथा कहालीलाग्दा दृश्यहरू उल्लेख गरिएको छ।

अफगानिस्तानबारे अनेक रोचक र पीडादायी कथाहरू छन्। अफगानिस्तानमा सन् १८९३ र सन् १९१९ मा ब्रिटिश साम्राज्यले तीनवटा युद्ध लडेको थियो। उक्त एङ्ग्लो–अफगान युद्धमा ठूलो संख्यामा ब्रिटश सैनिकले लडेका थिए।

त्यसअघि सन् १८४२ मा पनि हिन्दुकुश क्षेत्रका पहाडहरूमा हिउँले ढाकिएको समयमा ब्रिटिश सैनिकले नरसंहार मच्चाएका थिए। उक्त युद्धमा कम्तिमा चार हजार पाँच सय सैनिक र १२ हजारभन्दा बढी मान्छेको मृत्यु भयो। दोस्रो एङ्ग्लो–अफगान युद्ध सन् १८८७ र सन् १८९० ताका भएको थियो।



हेलिकप्टरमा पैसा भरेर यसरी भागेका थिए अफगानी राष्ट्रपति अशरफ घानी 

अफगानिस्तानमा फेरि तालिबान शासन : विद्यार्थीले स्थापना गरेकाे विद्राेही समूह यसरी भयो शक्तिशाली



सन् १९१९ मा तेस्रो अफगान–एङ्ग्लो भयो। त्यस युद्धमा मध्य–एसियाली देशहरूले अफगानी सेनालाई सघाए र अनि विजय हासिल पनि गरेका थिए।

अफगानिस्तानमा युद्ध हुँदा हजारौँ सैनिकले ठूलो ज्यान गुमाएका छन्। अन्तर्राष्ट्रिय ‘रिपोर्ट’ अनुसार विभिन्न युद्धमा मर्ने सैनिकहरूको निकै लामो सूची रहेको छ। 

२००१–२०२१ सम्म तालिवानविरुद्धको अमेरिकी अपरेशनमा दुई हजार तीन सय ४८ अमेरिकी सैनिकले ज्यान गुमाएका छन्। यस क्रममा उत्तर–एटलान्टिक सन्धि सङ्गठन (नेटो) का एक हजार एक सय ४७ सैनिकसमेत मारिए। 

१९७९–१९८९ : सोभियत–अफगान युद्धमा दुवै पक्षका गरी १४ हजार चार सय ५३ सैनिकको मृत्यु भएको अनुमान छ। 

१९१९ : तेस्रो अफगान–एङ्ग्लो युद्धमा दुई सय ३६ सैनिक मारिएका छन्। 

१८७९–१८८० : दोस्रो एङ्ग्लो–अफगान युद्धमा नौ हजार आठ सय सैनिकले ज्यान गुमाएका छन्। 

१८३९–१८४२ : पहिलो एङ्ग्लो–अफगान युद्धमा चार हजार सात सय सैनिक मारिए।



तालिबानकाे हमलाबाट बच्न दुई वर्षसम्म बङ्करभित्रै लुकेका नेपाली

अफगानिस्तानमा दुई दशकपछि तालिबानको पुनःआगमन



सोभियत संघको सैनिकले अफगान प्रवेश गर्ने समयमा शीतयुद्धको समय थियो। त्यस बेला 'आतङ्कवादी सङ्गठन' हरूलाई मुजाहिद्दीन भनिन्थ्यो । उनीहरूमाथि ठूलो अमेरिकी सहयोग रह्यो। १४ हजार चार सय ५३ सैनिकको मृत्यु र ५३ हजार सात सय ५३ सैनिक घाइते भएपछि सोभियत संघले पराजित भएको थियो। सन् १९८९ मा सोभियत सैनिकले अफगानिस्तान छाडेर भाग्न बाध्य भएका थिए। 

अफगानिस्तान शासन गर्न अत्यन्तै मुस्किल देश रहेको विज्ञहरूले दाबी गरेका छन्। यहाँ एकपछि अर्को सत्तामोही बादशाहहरूले आ–आफ्नो सत्ता जमाउने कोशिश नगरेका होइनन् तर कहिल्यैँ सफल भएनन्। उनीहरू सधैँ हारको सामना गर्नुपर्यो।

कतिपय शासकले सुरुमा सफलता हासिल गरे पनि अन्ततः हारेपछि देश छाडेर भाग्नुपरेको रोचक तथ्य छ। 

बेलायत, सोभियत संघ (सन् १९९० मा विघटित) तथा अमेरिकाजस्ता शक्तिशाली मुलुकसमेत अफगानमा टिक्न नसकेको इतिहास साक्षी छ । 
स्थानीय सरकारको समर्थनमा व्यापार गर्न सजिलो छ तर विदेशी शक्तिको आडमा अफगानी जनतालाई शासन गर्ने कुनै पनि राजनीतिज्ञ लामो समयसम्म सत्तामा रहन निकै मुस्किल मानिन्छ। 

हाल विस्थापित असरफ घानी सरकारलाई अमेरिकी सहयोग छ। जनता विदेशी शक्ति पटक्कै रुचाउँदैनन्।
त्यसैको प्रभाव पनि हो– तालिबान देशव्यापी बिस्तार। 

अफगानिस्तानलाई जित्न निकै गाह्रो छ। यसका अनेकन कारणहरूसमेत रहेका छन्– यो देश इरान, मध्य एसिया र भारत–पाकबीच मुख्य भूमि मार्ग हो।



फेरि पनि साम्राज्यवादी सैन्य हमला हुने नै छ

अफगानिस्तानमा कहिल्यै टिक्न सकेनन् विदेशी शक्तिहरू



कयौँपल्ट यहाँ आक्रमण हुँदा थ्रुपै जनजातिहरू यहाँका ग्रामीण भेगमा बसोबास गरे। पटक–पटकको आक्रमणले असाध्यै दुःख पाएको घर–गाउँहरू एक किल्लाजस्तै बनाइएको छ। 

अफगानिस्तानको भौगोलिक अवस्थिति निकै अप्ठेरो छ। हिन्दुकुशको उच्चो भाग र हिमाली पर्वतसँगै पूर्वी भेगमा पामिर पहाड छ। हिन्दुकुश, पामिर, तियांशान, कुनलुन र हिमालय क्षेत्र एकसाथ मिलेको छ। त्यसैले अफगानी भूभाग भूगोलका हिसाबले चुनौतीपूर्ण मानिन्छ। 

तालिबानले आइतबार साँझ काबुलस्थित राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमाथि विजय हासिल गरेको दाबी गरेको छ। राष्ट्रपति असरफ घानी, उपराष्ट्रपति अमिरुल्लाह सालेहसहित दर्जनौँ सत्ता–सहयोगीहरू काजकिस्तान भागेका छन्। 

स्लामिक कट्टरपन्थी समूह तालिबानले अफगानिस्तान कब्जा गरी आफ्नो प्रभुत्व स्थापित गरिसकेको छ। यो तालिवानको दोस्रो विजय हो। यसअघि तालिबानले सन् १९९६ देखि २००१ सम्म अफगानिस्तानको सत्ता चलाएको थियो ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको ट्वीन टावर र रक्षा मन्त्रालय– पेन्टागनमाथि आतङ्ककारी हमलापछि अफगानिस्तानमा अमेरिकी सेनाको प्रत्यक्ष हस्तक्षेपमा तालिबान शासन अन्त्य भएको थियो । त्यसपछिको दुईदशक अमेरिकी सहयोगमा लोकतान्त्रिक शासन चल्दैआएको थियो ।

प्रकाशित मिति: : 2021-08-17 09:30:00

प्रतिकृया दिनुहोस्