प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड, मन्त्री नियुक्त हुँदै यी नेताहरू

Breaknlinks
Breaknlinks

कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालबीच भेटवार्ता भएको छ।

शनिबार बिहान प्रधानमन्त्री देउवालाई भेट्न प्रचण्ट बालुवाटार पुगेका हुन्। भेटवार्तामा मन्त्रिपरिषदलाई अब चाँडै पूर्णता दिने विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।

सरकार बनेको महिनौँ बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्ता गर्न सकेका छैनन्। एमालेबाट छुट्टिएर नेकपा (एकीकृत समाजवादी) नामक नयाँ दल खोलेको माधव नेपाललाई पनि सरकारमा सहभागी बनाएर मात्र देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिने बुझिएको छ।

त्यसो त नेता नेपालले पनि पत्रकार सम्मेलन गरेर सरकारमा सहभागी हुने घोषणा गरिसकेका छन्। गठबन्धन भित्रको भागवण्डाले उनको पार्टीले उपसभामुखसहित कम्तीमा पाँच मन्त्रालय पाउने पक्का भएको छ। जसमा मन्त्रीहरुको लागि विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री र प्रेम आलेलगायतका नेताहरुको नाम अगाडि आएको छ।

प्रचण्डले पनि माओवादीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम प्रधानमन्त्रीलाई देउवालाई बुझाइसकेको बताइएको छ। जसमा नारायणकाजी श्रेष्ठ, कृष्ण बहादुर महरा, देव गुरुङ लगायतका नेताहरुको नाम छ। कांग्रेसबाट पनि गगन थापा, मिनेन्द्र रिजाललगायतका नेताहरू पनि मन्त्री नियुक्त हुने सम्भावना छ। 

गठबन्धनका अन्य दलका शीर्ष नेताहरुले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम पक्का गरिसकेका बताइएको छ।

स्रोतका अनुसार प्रधानमन्त्री देउवाले आइतबार नयाँ मन्त्रीहरुलाई नियुक्त गरेर मन्त्रिपरिषदलाई पूर्णता दिन लागेका छन्। नयाँ मन्त्रीहरुले आइतबार नै पद तथा गोपनीयताको सपथ लिने सम्भावना छ। 



माधव नेपालकाे नयाँ पार्टीलाई कम्तिमा पाँच मन्त्री र एक राज्यमन्त्री, को-को बन्दै छन् मन्त्री?

माधव नेपालले लामाे सास तान्दै भने– 'बल्ल ओलीबाट छुट्कारा पाइयाे'

माधव नेपालकाे पार्टी कार्यालय 'भवन' खाेज्दै प्रेम आले

रावल र पन्तकाे 'खासखुस'मा जब पाण्डे र ज्ञवाली टुप्लुक्क आइपुगे

प्रकाशित मिति: : 2021-08-28 11:14:00

प्रतिकृया दिनुहोस्