बिएल संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले आफू जतिसक्दाे चाँडो युवा पुस्तालाई जिम्मेवारी सुम्पिएर फरक भूमिकमा देखिन चाहेको बताएका छन्।
शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले जिम्मेवारी नेतृत्व गर्नसक्ने क्षमता विकास गर्न पनि युवालाई आग्रह गरे।
उनले भने, 'मलाई जिम्मेवारी नयाँ पुस्तालाई सुम्पेर आफ्नो संस्मरण लेखेर बस्न मन छ।'
त्यस्तै उनले अर्को प्रंसगमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग गर्दै अब देशमा असली परिवर्तनको स्वरुप देखिने बताएका छन्। उनले भने, 'ओलीजी, तपाईको अहंकार भस्म भइसक्यो। बालकोटबाट चिच्याउनूको कुनै अर्थ छैन। अब भजन सुनेर बस्नुहोस्।'
यसैबीच नेकपा(एमाले)का अध्यक्ष ओलीले पनि अदालतको परमादेशबाट बनेको सरकारलाई क्रान्तिको धेरै भजन नगाउँन आग्रह गरेका छन्।
वाईसीएलको कार्यक्रमभन्दा करिब आधा घण्टापछि ललितपुरमा सुरु भएकाे युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पनि सुनियोजित षड्यन्त्रबाट बनेको सरकार धेरै लामो समयसम्म टिक्न नसक्ने दावी गरे।
त्यस्तै उनले माधव नेपालको प्रंसगमा केही बिग्रिएका मान्छेहरु पार्टीबाट बाहिरिएकोमा आफूलाई धेरै खुशी लागेको बताएका छन्। उनले भने, 'जति ब्राण्डेड साबुन र सफा पानीले नुहाए पनि एक-दुई वटा कपाल त झर्छ नै। माधव नेपाल पनि त्यै कपाल जस्तै हुन्। मलाई चिन्ता छैन, नयाँ कपाल पलाइहाल्छ।'
उनले नेता नेपाललाई व्यंग गर्दै भने, 'लाज पनि मान्नुपर्ने हाे ! म नेता हुँ, कार्यकर्ता होइन भन्दै कहिले कहाँ हिँड्या छ, कहिले कहाँ हिँड्या छ। मपाई गरेर म नेता हुँ भनेको सुन्दा-सुन्दा मेरो कान नै टट्टाइसक्यो।'
ओलीले प्रचण्डलाई पनि आगामी चुनाव नयाँ इतिहास रचेर देखाउने चेतावनी देखाएका छन्।
प्रचण्ड र ओलीले फरक-फरक कार्यक्रममा यी अभिव्यक्ति राखे पनि यसलाई अन्य नेताहरुले भने अर्थपूर्ण रुपमा हेरेका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया