बिएल संवाददाता
माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल 'प्रचण्ड'ले आफू जतिसक्दाे चाँडो युवा पुस्तालाई जिम्मेवारी सुम्पिएर फरक भूमिकमा देखिन चाहेको बताएका छन्।
शनिबार आयोजित वाईसीएलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले जिम्मेवारी नेतृत्व गर्नसक्ने क्षमता विकास गर्न पनि युवालाई आग्रह गरे।
उनले भने, 'मलाई जिम्मेवारी नयाँ पुस्तालाई सुम्पेर आफ्नो संस्मरण लेखेर बस्न मन छ।'
त्यस्तै उनले अर्को प्रंसगमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई व्यंग गर्दै अब देशमा असली परिवर्तनको स्वरुप देखिने बताएका छन्। उनले भने, 'ओलीजी, तपाईको अहंकार भस्म भइसक्यो। बालकोटबाट चिच्याउनूको कुनै अर्थ छैन। अब भजन सुनेर बस्नुहोस्।'
यसैबीच नेकपा(एमाले)का अध्यक्ष ओलीले पनि अदालतको परमादेशबाट बनेको सरकारलाई क्रान्तिको धेरै भजन नगाउँन आग्रह गरेका छन्।
वाईसीएलको कार्यक्रमभन्दा करिब आधा घण्टापछि ललितपुरमा सुरु भएकाे युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पनि सुनियोजित षड्यन्त्रबाट बनेको सरकार धेरै लामो समयसम्म टिक्न नसक्ने दावी गरे।
त्यस्तै उनले माधव नेपालको प्रंसगमा केही बिग्रिएका मान्छेहरु पार्टीबाट बाहिरिएकोमा आफूलाई धेरै खुशी लागेको बताएका छन्। उनले भने, 'जति ब्राण्डेड साबुन र सफा पानीले नुहाए पनि एक-दुई वटा कपाल त झर्छ नै। माधव नेपाल पनि त्यै कपाल जस्तै हुन्। मलाई चिन्ता छैन, नयाँ कपाल पलाइहाल्छ।'
उनले नेता नेपाललाई व्यंग गर्दै भने, 'लाज पनि मान्नुपर्ने हाे ! म नेता हुँ, कार्यकर्ता होइन भन्दै कहिले कहाँ हिँड्या छ, कहिले कहाँ हिँड्या छ। मपाई गरेर म नेता हुँ भनेको सुन्दा-सुन्दा मेरो कान नै टट्टाइसक्यो।'
ओलीले प्रचण्डलाई पनि आगामी चुनाव नयाँ इतिहास रचेर देखाउने चेतावनी देखाएका छन्।
प्रचण्ड र ओलीले फरक-फरक कार्यक्रममा यी अभिव्यक्ति राखे पनि यसलाई अन्य नेताहरुले भने अर्थपूर्ण रुपमा हेरेका छन्।
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
‘लकीरका फकीर’ होईन, मार्क्सवाद
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया