इण्डो-प्यासिफिक क्षेत्रमा चीनको प्रभाव रोक्न बेलायतद्वारा 'अउकस' नामको नयाँ रक्षा साझेदारी घोषणा

Picture: PA
Picture: PA

इण्डो-प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्तिलाई नियन्त्रण गर्ने उद्देश्यले बेलायतले आफ्नो पश्चिमी सहयोगी देश अमेरिका र अष्ट्रेलियासँग नयाँ रक्षा साझेदारीको घोषणा गरेको  छ।

बेलायती प्रधानमन्त्री बोरिस जोन्सन, अमेरिकी राष्ट्रपति जो बाइडन र अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले 'नयाँ त्रिपक्षीय रक्षा साझेदारी' को स्थापना बुधबार साँझ संयुक्त वक्तव्य जारी गरी पुष्टि गरे।

उक्त गठबन्धन जसको संक्षिप्त नाम 'अउकस' (एयूकेयूएस) राखिएको छ। बेलायती प्रधानमन्त्री जोन्सनका अनुसार, यसले हिन्द–प्रशान्त क्षेत्रमा सुरक्षा र स्थिरताको हितमा काम गर्नेछ।'

अन्तर-महाद्वीपीय बैठकमा चीनको नाम उल्लेख भएको त थिएन तर बारम्बार यस क्षेत्रको बदलिँदो परिस्थितिको सन्दर्भमा भने बहस भएको थियो।

सन् २०२१ को प्रारम्भमा विमान बोक्ने जहाज, जसको नाम 'एचएमएस क्विन एलिजाबेथ' राखिएको छ, एक पूर्वीय यात्राको दौरान तैनाथ गरिएलगत्तै सुरक्षा र विदेश नीतिको एकीकृत समीक्षामा बेलायत सरकारले हिन्द-प्रशान्ततिर'झुकाव' का लागि योजनालाई थालिएको थियो। उक्त निर्णय बेइजिङ्ग र रसियालाई बेलायतको सैन्यशक्तिबारे सन्देश पठाउनु थियो।

अस्ट्रेलियाबाट बोल्दै त्यहाँका प्रधानमन्त्री मोरिसनले भने, 'विश्व अत्यन्तै जटिल हुँदै गइरहेको छ। विशेषगरी हाम्रो हिन्द-प्रशान्त क्षेत्रको भू-राजनीतिक भविष्यले हामी सबैलाई प्रभावित गर्दछ।'

अमेरिकी राष्ट्रपति बाइडनले अष्ट्रेलियाका प्रधानमन्त्री मोरिसन र बेलायती प्रधानमन्त्री जोन्सनलाई धन्यवाद दिँदै भने, 'हामी तीन राष्ट्र लगायत विश्वकै भविष्य स्वतन्त्र र खुला हिन्द-प्रशान्त क्षेत्रको आगामी दशकमा शान्ति र उन्नति निर्भर गर्दछ।'

बेलायती संसद्– 'डाउनिङ स्ट्रीट' ले सम्झौतालाई 'ऐतिहासिक सुरक्षा साझेदारी' भन्दै प्रशंसा गरेको छ। उसले भनेको छ, 'यसले हिन्द-प्रशान्त क्षेत्रमा हाम्रा साझा हितहरुको रक्षा गर्दछ।'

यस गठबन्धनलाई सफल पार्नका लागि काम गरिरहेका अधिकारीहरुले भनेका छन्, 'एकसाथ मिलेर काम गर्दा प्राविधिक साझेदारीमा वृद्धि हुने छ। सुरक्षा सम्बन्धी विज्ञान, प्रविधि, औद्योगिक आधारहरु र आपूर्ति श्रृङ्खलाहरुको गहिरो एकीकरणलाई बढावा दिन्छ।'

प्रशान्त क्षेत्रमा पश्चिमी सुरक्षा क्षमता बढाउन 'अउकस' को पहिलो पहल तीन सहयोगीहरुका लागि 'रोयल अस्ट्रेलियन नौसेना' बाट 'परमाणुबाट सञ्चालित पनडुब्बी' हरुलाई सुरक्षित गर्न मिलेर काम गर्ने हो।

पनडुब्बीहरूको प्रारम्भिक चरण १८ महिनाको हुने अपेक्षा गरिएको छ। बेलायत सरकारले उक्त कार्यक्रमले देशभरि 'सयौँ कुशल वैज्ञानिक र इञ्जिनीयरका लागि रोजगारीको अवसर सिर्जना गर्नुका साथै उच्च प्रविधिको क्षेत्रमा लगानी बढाउने आशा गरेको छ।

डाउनिंग स्ट्रीटबाट प्रत्यक्ष प्रशारणमा बेलायती प्रधानमन्त्री जोन्सनले उक्त साझेदारीले विश्वलाई सुरक्षित बनाउने दाबी गरे। उनले भने , 'स्कटल्याण्ड र इङ्गल्याण्डका उत्तरी क्षेत्रलाई परमाणु सञ्चालित पनडुब्बीहरुमा फाइदा महसुस हुनेछ। सरकार रोयल नेभीको एक दशकलामो यस्ता मेशिनहरुको ज्ञान उपयोग गर्न उत्सुक छ।'

क्यानबेरामा पछि भएको पत्रकार सम्मेलनमा  अस्ट्रेलियाका प्रधानमन्त्री मोरिसनले भने, 'ब्रिटिश निर्मित 'बीएई' प्रणालीको 'अस्तुत' वर्ग पनडुब्बी वा अमेरिकामा निर्मित भर्जिनिया वर्ग जहाजहरु किन्ने भनेर निर्णय लिइएको छैन।'

फ्रान्सेली विदेशमन्त्री जीन-यवेस ले ड्रियन र सशस्त्र सेना हेर्ने रक्षामन्त्री फ्लोरेन्स पार्लीले क्यानबेरास्थित फ्रान्सेली दूतावासले जारी गरेको विज्ञप्तिमा बताएका छन्, 'फ्रान्ससँगको भविष्यको पनडुब्बी कार्यक्रम रोक्ने अष्ट्रेलियाको निर्णयलाई ध्यानमा राखेका छौँ।'

प्रकाशित मिति: : 2021-09-16 17:05:00

प्रतिकृया दिनुहोस्