सन्ताेष बराइली
धनुषाको एउटा सिंगो मगर गाउँ माओवादी केन्द्र छाडेर नेकपा (एमाले) माप्रवेश गरेको छ। धनुषाको बटेश्वर-२, रमौलीका डेढ सय बढी मगर समुदाय माओवादी छाडेर एमाले प्रवेश गरेका हुन्।
माओवादीका गाउँ कमिटी सल्लाहकार तथा पुराना कम्युनिष्ट नेता दल बहादुर त्रोक्छाकी मगरको नेतृत्वमा उनीहरू एमाले प्रवेश गरेका हुन्।
नवप्रवेशीहरूलाई एमाले केन्द्रीय सदस्य तथा पूर्व महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली कुमारी महासेठ, केन्द्रीय सदस्यद्वय टेक बहादुर बलम्पाकी, रामचन्द्र मण्डल, धनुषा जिल्ला अध्यक्ष राजकिशोर यादवलगायतले अबिर मालासहित स्वागत गरेका थिए।
माओवादीले जनतालाई धोका दिँदै आएको तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताप्रतिको अडानले प्रभावित भएर आफूहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेको बताए।
सोही अवसरमा नेपाली काँग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबाट पनि एमाले प्रवेश गर्नेको लर्को लागेको थियो।
पार्टी प्रवेश कार्यक्रमलाई एमाले केन्द्रीय सदस्यहरू महासेठ, बलम्पाकी , मण्डललगायतले सम्बोधन गरेका थिए भने जनसांस्कृतिककर्मी आभाश श्रेष्ठले ‘जहाँ छन् बुद्दका आँखा’ बोलको गीत गाएका थिए।
बटेश्वरमा ४ पटक पार्टी प्रवेश कार्यक्रम आयोजना भइसकेको एमाले नेता तथा बटेश्वर गाउँपालिका प्रमुख डम्बर बहादुर राउत क्षेत्रीले जानकारी दिए।

पूराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया