बिएल संवाददाता
काठमाडौँ महानगरपालिकाले आगामी आइतबारदेखि भौतिकरुपमा नै विद्यालय खोल्ने निर्णय गरेको छ।
विश्वभरि फैलिएको कोरोना महामारीको दोस्रो लहरका कराण गत वैशाखको दोस्रो सातादेखि बन्द रहेका विद्यालय भौतिकरुपमा खोल्ने निर्णय भएको हो। कामपा शिक्षा विभागको बुधबार बसेको बैठकले विद्यालय खोल्ने अनुमति दिने निर्णय गरेको हो।
कामपा शिक्षा विभागका प्रमुख रामप्रसाद सुवेदीका अनुसार भौतिकरुपमा विद्यालय खोल्न व्यवस्थापन समितिको बैठक बसी अभिभावकको सहमति लिएर कार्ययोजना बनाएर कामपामा पेश गर्नुपर्नेछ। विद्यार्थी सङ्ख्या धेरै भएका विद्यालय भने खोल्नका लागि अनिवार्य नगरेको पनि कामपाले जनाएको छ।
कामपाभित्र सञ्चालनमा रहेका विद्यालय पुनःसञ्चालन गर्न व्यवस्थापन समितिको बैठक बसी आपसी समझदारीमा मात्र सञ्चालन गर्ने गराउने व्यवस्था मिलाउने, विद्यालय सञ्चालनको विस्तृत कार्ययोजना बनाई महानगरको शिक्षा शाखामा पेश गर्नुपर्ने र शिक्षक, विद्यालय कर्मचारी, चालक सबैले खोप लगाएको हुनुपर्ने छ।
शिक्षक, कर्मचारी, चालक कसैले खोप लगाउन बाँकी रहेको अवस्थामा कामपाले खोप लगाउने व्यवस्थासमेत गर्ने जनाएको छ। कामपाले औपचारिक जानकारी आज गरे पनि यसअघि नै विद्यार्थी सङ्ख्या कम भएका विद्यालय आलोपालो गरेर सञ्चालनमा आइसकेका छन्।
लामो समय विद्यालय बन्द रहेको, चाडबाडको समय नजिक आएको र कोरोनाको त्रास अझै कायमै हुँदा अधिकांश विद्यार्थी गाउँमा रहेकाले दशैँ तिहारपछि मात्र भौतिकरुपमा विद्यालय पुनःसञ्चालन गर्नुपर्ने माग अभिभावकको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया