बिएल संवाददाता
नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपालले देशमा व्याप्त भ्रष्टाचार, अनियमितता तथा गरिबीको अन्त्य र कुशल शासन व्यवस्था कायम गर्न नयाँ पार्टी खोलेको बताएका छन्।
एकीकृत समाजवादी पार्टीको शपथग्रहण तथा मकवानपुर जिल्लास्तरीय कार्यकर्ता भेलाको शनिबार हेटौँडामा सम्बोधन गर्दै उनले देश र जनताको पक्षमा निस्वार्थ एवं पवित्र भावनाका साथ गठन भएको नयाँ पार्टीले काम गर्ने प्रतिबद्दता व्यक्त गरे।
नयाँ पार्टी गफ दिएर होइन काम गरेर जनताको मन जित्ने असल बन्ने अध्यक्ष नेपालले विश्वास व्यक्त गरे। देशका सातै प्रदेशमा आफ्नो पार्टीको प्रभुत्व बढ्दै गएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले केही दिनभित्र बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वको सरकार गठन हुने दाबीसमेत गरे।
सासंद एवं सो पार्टीका केन्द्रीय सदस्य विरोध खतिवडाले केपी ओलीका कारण पार्टी फुटेको आरोप लगाउँदै विस्तारै त्यहाँका नेता तथा कार्यकर्तासमेत आफ्नो पार्टीमा आउने विचार व्यक्त गरे। अर्का केन्द्रीय सदस्य मुनु सिग्देलले पनि देशमा सुशासन कायम गर्न यो पार्टी खुलेको उल्लेख गर्दै यसमा युवा वर्ग बढ्दै गएको बताइन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया