प्रदेश नं १ मा १९२ जनामा कोरोना पुष्टि 

Symbolic photo
Symbolic photo

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा १९२ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

जसमा ७०७ को पीसीआर परीक्षण गर्दा १३२ र ३१८ को एन्टिजेन परीक्षण गर्दा ६० को रिपोर्ट पोजेटिभ देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ५६, मोरङमा ५३ मध्ये विराटनगरमा ४१ सुनसरीमा १७, इलाम, धनकुटा र उदयपुरमा एक/एक र प्रदेश बाहिरका तीन जनामा सङ्क्रमण देखिएको हो। 

प्रदेशमा आजै १०३ महिलासहित १८२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सो अवधिमा एक महिला र पाँच पुरुष गरी छ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति: : 2021-10-05 18:57:00

प्रतिकृया दिनुहोस्