बिएल संवाददाता
गत २४–असाेजमा महाेत्तरीस्थित जलेश्वर –३ मा अनाैठाे लाग्ने दृष्य देखियाे। त्याे दृष्य थियाे, नेकपा एमालेकाे वडा भेलाकाे।
वडा भेलामा सहभागी कार्यकर्ता तथा स्थानीयहरू कुर्सीमा बसिरहेका थिए भने प्रमुख अतिथि, विशिष्ट अतिथिहरू उनीहरूकै अघितिरकाे त्रिपालमाथि भुइँमा छपक्कै बसिरहेकाे प्रस्टै देख्न सकिन्थ्याे।
भेलाका प्रमुख अतिथि थिए, नेकपा एमालेका केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला ईञ्चार्ज रामदयाल मण्डल। विशिष्ट अतिथिमा- एमाले केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष टेकबहादुर बलम्पाकी, प्रदेश सांसद तथा प्रदेश सदस्य शारदा थापा, पूर्व संविधानसभा सदस्य रञ्जना माझी र अतिथिहरूमा प्रदेश सदस्यहरू अमर धमला , रामआधार साह, युवा संघ नेपाल प्रदेश- २ अध्यक्ष तथा एमाले प्रदेश कमिटी सदस्य, प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य सन्ताेष बराइली, एमाले महाेत्तरी जिल्ला कमिटी सचिव सिताराम झा, जेष्ट कम्युनिष्ट नेता सूर्यदेव पाण्डे लगायतका नेताहरू।
एमाले नेतृत्वकाे सरकारले मधेशमा ठुल्ठूला विकासका परियाेजनाहरू सञ्चालन गरेकाे भेलालाई सम्बाेधन गर्दै मुख्य वक्ता मण्डलले बताएका छन्।
'असली मधेशवादी एमाले भएतापनि एमाले अध्यक्ष केपी शर्मा ओेलीलाई मधेशमा विराेधी भनेर भ्रम छरिएकाे छ,' मण्डलले भने, 'मधेशलाई विभेद गर्ने भए त सामाजिक सुरक्षा भत्तामा पनि विभेद गर्नुपर्ने हाे तर सबैलाई समान रूपमा बितरण गरिएकाे छ त! अनि ओेली कसरी मधेश विराेधी भए।'
देशकाे समृद्धकाे लागि एमालेका उमेदवारलाई अत्याधिक मतले विजयी गराउन उनले आग्रह गरे।
त्यस्तै, केन्द्रीय सदस्य तथा महाेत्तरी जिल्ला अध्यक्ष बलम्पाकीले मधेशी जनतामाथि भइरहेकाे विभेदकाे अन्त्य एमालेले मात्रै गर्न सक्ने दाबी गरे। काेहि कसैलाइ भ्रममा नपरी एमालेमा गाेलबद्द हुन उनले आग्रहसमेत गरे। 'मधेश र मधेशीकाे मुक्ती एमालेकाे सरकारले मात्रै गर्छ, त्यसैले हामी सबै एमालेमा गाेबद्द हुन आवश्यक छ,' बलम्पाकीले भने।
प्रदेश सांसद शारदा थापाले भेलालाइ मैथिली भाषामा सम्बाेधन गरेकी थिइन्।
एमाले प्रदेश सदस्य रामआधार साहले ओेली सरकारले गरेकाे विकासकाे सूची सुनाउँदै देशविकास र समृद्धिका लागि एमालेमा संगठित हुन अपील गरे।
सार्वजानिक कार्यक्रममा आफू भुइँमा बसेर जनतालाई कुर्सीमा राख्नु भनेकाे एमाले नेताहरू साँच्चैकाे जनसेवक हुन खाेजेकाे सन्देश दिएकाे जेष्ठ कम्युनिष्ट नेता सूर्यदेव पाण्डेले बताए।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया