महाकाली किनारमा युवक मृत फेला

Symbolic photo
Symbolic photo

महाकाली किनारमा आज बिहान एक शव फेला परेको छ। बैतडीको दशरथचन्द नगरपालिका–१० तिरखडेनीस्थित महाकाली किनारमा एक बेवारिसे शव फेला परेको हो।  

आज बिहान ७ बजेतिर स्थानीय बासिन्दाले अन्दाजी ३५ वर्षीय पुरुष मृतावस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। बैतडीका प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्का नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ। रासस 

प्रकाशित मिति: : 2021-10-16 13:48:00

प्रतिकृया दिनुहोस्