सुर्खेतमा दुई दिनदेखि लगतारको वर्षाका कारण घर भत्किँदा एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको कालिकोट महावै गाउँपालिका–७ राम्नीस्थित विष्णुलाल अधिकारीको घर भत्किँदा घरमा सुतिरहेकी उनकी १८ वर्षीया छोरी स्मृति अधिकारीको मृत्यु भएको हो।
घर भत्किँदा १५ वर्षीया ईनिशा अधिकारी घाइते भएकी छन्। वर्षापछि राम्नी गाउँका १५ घर उच्च जोखिम छन्।
कर्णाली राजमार्ग अबरुद्ध
वर्षाका कारण पहिरो गएपछि कर्णाली राजमार्ग अबरुद्ध भएको छ।
कर्णाली राजमार्गको कालिकोट शुभकालिका गाउँपालिका–१ को जितेगडामा दुई स्थानमा झरेको पहिरोले राजमार्ग अबरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
पहिरोका कारण मंगलबार बिहानदेखि सडक अबरुद्ध भएको हो।