गृहमन्त्री खाणले स्थगित गरे प्रदेश-२ को भ्रमण, बाढी पीडितको उद्धार र राहतमा जुट्ने

बाढी,  पहिरो र डुबानबाट पीडितको उद्धार,  राहत र सुरक्षित स्थानमा सार्ने काममा व्यस्त हुने

File Photo
File Photo

गृहमन्त्री बालकृष्ण खाणले बुधबारबाट प्रदेश-२ का तीन जिल्लामा गर्ने तय भएको दुई दिने भ्रमण स्थगित गरेका छन्।

सुदूरपश्चिमलगायत विभिन्न स्थानमा लगातारको वर्षातपछि गएको बाढी पहिरो र भएको डुबानबाट पीडितको उद्धार, राहत तथा पीडितलाई सुरक्षित स्थानमा सार्नेलगायत काममा व्यस्त हुनुपर्ने भएपछि भ्रमण स्थगित गरेकाे जनाकारी दिएका छन्।

भ्रमण कार्यक्रम माैसम अनुकुल भएपछि तय गर्ने गरी स्थगित गरिएकाे हाे। 

बुधबार र बिहीबार गरी प्रदेश-२ का धनुषा, महोत्तरी र सर्लाहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम उनकाे कार्यतालिका रहेकाे थियाे।

गृहमन्त्री खाणले बुधबार जिल्ला प्रशासन कार्यालय सर्लाहीको मलङवामा निर्मित भवन शिलान्यास गर्ने, जिल्लाका कार्यालय प्रमुखहरूलाई निर्देशन दिने तथा पार्टी कार्यकर्तासँग भेटघाटको कार्यक्रम तय भएको थियो।

त्यस्तै, बिहीबार प्रदेश-२ को सुरक्षासम्बन्धी बैठकमा सहभागी हुने, जानकी मन्दिरको दर्शन गर्ने र कार्यकर्ता भेटघाट गर्ने कार्यक्रम तय भएको थियाे। 

प्रकाशित मिति: : 2021-10-19 16:41:00

प्रतिकृया दिनुहोस्