सुदूरपश्चिम प्रदेश सरकारले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको छ।
प्रदेशमा तीन दिनदेखि लगातार भइरहेको बर्षाले ठुलो धनजनको क्षति भएपछि प्रदेश सरकारले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएको हो।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले प्राकृतिक विपतमा परेका नागरिकको व्यवस्थापन र तथा उद्धार र राहतमा केन्द्रित रहेर छलफल गर्ने गरी बैठक बोलाएको बताइन्। बैठक अहिले केहीबेरमा बस्दैछ।