बाह्रखरी
नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको नेतृत्व गरेका उदयशमशेर राणा एकपटक सांसद र एकपटक अर्थ राज्यमन्त्रीसम्म भएका छन् । विदेशमा पढेर स्वदेश फर्किएर राजनीतिमा लागिरहेका राणा अहिले भने कांग्रेसको केन्द्रीय सदस्य, सांसद र मन्त्री कुनै पनि पदमा छैनन् ।
हालै उनी भारत भ्रमणमा गएका थिए । कांग्रेसको तीन सदस्यीय प्रतिनिधिमण्डलमा रहेर भारत गएर फर्किएका हुन् । उनले त्यहाँ के कुरा उठाए ? कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्धलगायत विषयमा उदयशमशेर राणासँग बाह्रखरीका रमेश वाग्लेले गरेको कुराकानीको सम्पादित अंश :
भाजपाको निमन्त्रणामा भएको तपाईंहरूको भारत भ्रमणको सन्देश के हो ?
राजनीतिक पार्टीहरूको छिमेकी मुलुक र आफ्नो सोचाइ मिल्ने अरू देशका राजनीतिक पार्टीहरूसँग ‘एक्सचेन्ज प्रोग्राम’ हुनु नयाँ कुरा पनि होइन, ठूलो कुरा पनि होइन । हामीले कम्युनिस्ट पार्टी अफ चाइना र यहाँका कम्युनिस्ट पार्टीबीच कोभिडको समयमा पनि भर्चुअल मिटिङ भएको देख्यौँ । यसलाई धेरैले धेरै किसिमले टिप्पणी पनि गरे । म त्यसमा टिप्पणी गर्न चाहदिनँ । आइडोलोजिकल्ली मिल्ने भएपछि पार्टी–पार्टीबीच इन्टर¥याक्सन हुनु स्वाभाविक नै हो ।
भारतीय जनता पार्टी पनि एउटा लोकतान्त्रिक पार्टी हो । नेपाली कांग्रेस पनि लोकतान्त्रिक पार्टी । यिनै पार्टीका नेताहरू देशको प्रधानमन्त्री हुनुहुन्छ । नेपाल–भारत एउटा अत्यन्तै नजिकको सम्बन्ध हुँदाहुँदै छोटो–छोटो समयमा साना–साना विषयले अप्ठेरो परिस्थिति सिर्जना गरिरहेका छन् । समय–समयमा सम्बन्धमा उचार चढाव भइरहेको छ ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया