बिएल संवाददाता
संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार गरिएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार जना नेपालीको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको हो।
मकालु आधार शिविरको हिउँमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जंग कुलुङ राई, दीपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य नीरज कार्कीले जानकारी दिए।
विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात जना नेपाली मकालु आधार शिविर पुगेका थिए। कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी छ।
विष्णु र तेन्जिङ मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको कार्कीले बताए। मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौं लगिएको थियो।
गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएका थिए।
मकालु आरोहणका लागि शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको निधन भएको थियो। गत शुक्रबार निधन भएका उनको चार दिन बित्दा पनि आधार शिविरमै छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया