बिएल संवाददाता
संखुवासभाको मकालु गाउँपालिका–२ मकालु आधार शिविरबाट चार जनाको उद्धार गरिएको छ। मकालु आधार शिविरको हिउँमा फसेका चार जना नेपालीको सोमबार हेलिकप्टरबाट उद्धार गरिएको हो।
मकालु आधार शिविरको हिउँमा काठमाडौंका अनोज चुडाल, सोलुखुम्बुका जंग कुलुङ राई, दीपक कुलुङ राई, दिनेन्द्र कुलुङ राईलाई सोमबार दिउँसो हेलिकप्टरमार्फत उद्धार गरेर सोलुखुम्बु लगिएको टोलीका सदस्य नीरज कार्कीले जानकारी दिए।
विश्वको पाँचौं अग्लो मकालु हिमाल आरोहणका लागि गत असोज २५ गते तीन विदेशी पर्यटकसहित सात जना नेपाली मकालु आधार शिविर पुगेका थिए। कार्कीका अनुसार सोलुखुम्बुका विष्णु कुलुङ राई र तेन्जिङ भोटेको उद्धार हुन बाँकी छ।
विष्णु र तेन्जिङ मकालु गाउँपालिका–२ को लाङमालेमै रहेको कार्कीले बताए। मकालु आधार शिविरको हिउँमा फसेका कार्की र डेनमार्कका दुई नागरिकलाई हेलिकप्टरमार्फत उद्धार गरेर आइतबार नै काठमाडौं लगिएको थियो।
गत असोज २५ गते ३ विदेशी पर्यटकसहित १० जनाको टोली ताप्लेजुङ हुँदै मकालु आधार शिविर गएका थिए।
मकालु आरोहणका लागि शिविर पुगेका डेनमार्कका नागरिक थोर्वजन एडर्शनको निधन भएको थियो। गत शुक्रबार निधन भएका उनको चार दिन बित्दा पनि आधार शिविरमै छ।
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया