हिमाल खबर
देवकोटासँगको यो दुर्लभ भेटबारे एक वर्षपछि मोरेले बेलायतबाट प्रकाशित निबन्ध संग्रह गन अवे मा ‘डाइङ पोएट’ शीर्षकमा लामो संस्मरण लेखे भने मेहताले १९६० जनवरी २ को द न्यू योर्कर पत्रिकामा ‘इन्डियन समर’ शीर्षकको अर्को निबन्ध छपाए, जुन पछि त्यही वर्ष ‘वाकिङ द इन्डियन स्ट्रिट्स’ पुस्तकमा पनि पुनः प्रकाशित भयो।
प्रस्तुत आलेख मोरेद्वारा लिखित सोही निबन्धको अंश हो। दुई वर्षअघि मात्र बितेका साहित्यकार इन्द्रबहादुर राईले अनुवाद गरेको यो अंश हामीलाई लेखक टीका ढकाल मार्फत प्राप्त भएको हो।
ढकालसँगको भेटमा राईले अनूदित संस्मरणको सानो अंश सन् १९६१, जुलाईमै सिक्किमबाट प्रकाशित हुने दियालो साहित्यिक पत्रिकामा छापिएको, त्यसपछि आफूले मोरे र मेहताका पछिल्ला निबन्धहरूमा पनि सम्झिइएका देवकोटाका प्रसङ्गहरू समेटेर र स्वयं मोरेसँग समेत कुराकानी गरी अनुवाद पूर्ण गरेको बताएका थिए। प्रस्तुत अनुवादमा मोरेको मूलप्रति भन्दा केही थप र परिमार्जित भएको हुनसक्ने ढकालको अनुमान छ।
म सखारै उठें र झ्यालमा गएँ तब सूर्य हिमाल नाघेर मोक्षित भयो। जल्दो बादलको विग्रह जस्तो सूर्य। त्यसपछि अकस्मात् त्यही सूर्य भर्खरै ढालेको सिक्का जस्तो गुडिरहेछ, पर्वत खाल्डो र नदी, नीलो आकाश र काठमाडौं शहरका ती चिनियाँ शैलीका छानाहरूमाथि, जो अब उज्यालो चिसो ज्योतिमा थप प्रष्ट हुँदै आउँदैछन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया