बाह्रखरी
यही कात्तिक ९ गते गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको काज सरुवा गर्ने निर्णय भयो ।
मन्त्रालयले गरेको सरुवामा सिंहलाई हटाएर एसएसपी सुदीप गिरीलाई काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी दिइएको थियो । तर, त्यो निर्णय २४ घण्टा पनि टिकेन । २४ घण्टामै सो निर्णय बदर भयो ।
गृहमन्त्रीको आदेशमा एसएसपीको सरुवा भए पनि बालुवाटारको निर्देशनमा प्रहरी प्रधान कार्यालयले सरुवाको पत्र सार्वजनिक गरेन । प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाँणलाई सरुवाको निर्णय कार्यान्वयन नगर्न भनेपछि सरुवाको पत्र लुकाइएको हो ।
प्रधानमन्त्रीकै पार्टीका नेता हुन् गृहमन्त्री खाँण । पार्टीभित्र देउवाका प्रिय पात्र मानिने खाँणले प्रधानमन्त्रीको सल्लाहबिनै निर्णय गर्न थालेपछि बालुवाटार रुष्ट बनेको बताइन्छ । सुरक्षा निकायको सरुवा–बढुवामा प्रधानमन्त्रीको प्रत्यक्ष चासो रहन्छ ।
कात्तिक दोस्रो साता नेपाल प्रहरीमा आठ डीआईजी र १५ एसएसपी थप्ने गृह मन्त्रालयको प्रस्ताव अर्थ मन्त्रालयले अस्वीकार ग¥यो । सिंहदरबारमा बसेको गृह तथा सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरूको व्यवस्थापन तथा सर्वेक्षण समितिको बैठकमा अर्थ मन्त्रालयले डीआईजी र एसएसपी बढाउन प्रस्ताव गरिएको संख्यामा सहमति दिन नसकिने जनाएको हो ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया