हिमाल खबर
एसपी मल्ल प्रजातान्त्रिक गणतन्त्र कंगोस्थित शान्ति सेनामा स्वास्थ्य तथा वा১तावरण एकाइ प्रमुख हुन्। उनले कंगोको राजधानी किन्सासामा यो एकाइ स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्। भाइटीकाका लागि नेपाल आएकी एसपी मल्लसँग हिमालखबरका लागि अनिता भेटवालले गरेको कुराकानीः
संयुक्त राष्ट्रसंघले तपाईँलाई ‘राष्ट्रसंघीय महिला प्रहरी अधिकृतको पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ। कस्तो लागेको छ?
मेरो कामले कंगो मिसन र नेपालको प्रशंसा हुँदा खुशी लागेको छ। यसलाई सफलता मानेकी छु। अर्को, नेपाल जस्तो लैंगिक विभेद भएको ठाउँमा ‘छोरी मान्छे पनि शान्ति सेनामा विश्वभरबाट छनोट भएर पुरस्कार पाउँदो रहेछ’ भन्ने सन्देश दिन पाउँदा खुशी छु।
अहिलेसम्म वातावरण जोगाउने मिसनमा काम गरे। अझै कंगोमा धेरै गर्नुपर्ने कार्यक्रम छन्। पूर्वि क्षेत्रमा विद्युत्को पहुँच छैन। त्यहाँ वातावरणमैत्री सोलारको कसरी विकास र पहुँच पुर्याउने भन्ने अर्को मिसन पनि छ। यसमा काम गर्छु।
अर्को, विशेष यसभित्र पनि कुन क्षेत्रमा र कसरी काम गर्ने भन्ने रणनीति बनाउँदै छु। यो मेरो ‘ड्रिम प्रोजेक्ट’ हो। यो पुरस्कारले त्यो प्रोजेक्टमा काम गर्न हौसला बढाएको छ।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया