रञ्जित रेको पुस्तकको तरङ्ग

हिमाल खबर

काठमाडौं

नेपालका लागि भारतका पूर्वराजदूत रञ्जित रेको पुस्तक ‘काठमाडौं डिलेमाः रिसेटिङ इन्डिया-नेपाल टाईज’ अहिले चर्चामा छ। यस्ता पुस्तक विशेष उद्देश्य, विशेष कारण र विशेष समयमा छापिने गरेका छन। जुन यसअघि पनि छिमेकका नोकरशाहहरूले लेखेका पुस्तकमा उल्लेख गरिएका तथ्यहरूले पुष्टि गर्छन्।

घरमूलि  र घर सञ्चालन गर्ने जिम्मा लिएकाहरू नसच्चिएसम्म यस्ता पुस्तक निस्की रहन्छन्। सञ्चार माध्यमसँगै अरू पनि यस्ता पुस्तकमा अल्झिन्छन्। तथ्य खोज्न र पुस्तकमा उल्लिखित घटनालाई अन्य सन्दर्भसँग जोड्न लागी रहेका हुन्छन्।

यो पुस्तकसँग आफ्नो सरोकार नभए पनि सञ्चारमाध्यममा गरिएका विवेचनाले तानेको छ। यसअघि विभिन्न समयमा छापिएका पुस्तकहरू जस्तै यसले पनि नेपालमा एक किसिमको बहस सिर्जना गरेको छ। जसले हाम्रो स्वार्थी चरित्र बुझ्न सघाउँछ।

यो बहसको औचित्य कति छ, त्यो छुट्टै विषय बन्छ। यससँगै लेखाइमा लेखक कति ईमानदार बनेका छन्, त्यो अर्को पाटो हो। तैपनि यो पुस्तक प्रकाशित हुने वित्तिकै प्रहरी नेतृत्वका लागि भारतीय दूतावास र दिल्लीसम्मको दर्शन भेटबारे उल्लेख गरिएका पात्रहरूले प्रेस विज्ञप्तिमार्फत सफाइ दिए।
 

प्रकाशित मिति: : 2021-11-13 10:54:00

प्रतिकृया दिनुहोस्