ओलीका अनुकूलता र अप्ठ्याराहरु

अनलाइनखबर

काठमाडौँ

नेकपा एमाले नवौं महाधिवेशनमै आइपुग्दा सैद्धान्तिक र व्यवहारिक दुवै हिसाबले स्पष्ट रूपमा एउटा पूँजीवादी पार्टीमा रूपान्तरण भइसकेको थियो। यद्यपि त्यसलाई पुनः अलि बढी प्रगतिशील, समाजवादी वा ठिकठाकको लोकतान्त्रिक पार्टी बनाउने सम्भावना भने जीवितै थिए। किनकि एमालेमा पार्टी सदस्यको संख्या धेरै छ र नेतृत्वमा पार्टी रूपान्तरण गर्न सक्ने वैचारिक राजनीतिक क्षमता भएका नेताहरूको उपस्थिति थियो।

नवौंदेखि दशौंसम्मको यात्रामा केही प्रवृत्ति एकदमै डरलाग्दो गरी बलियो भएर आयो। नवौंसम्म आइपुग्दा एमाले पूँजीवादी पार्टी मात्रै हुँदै थिएन, अर्थपूर्ण लोकतान्त्रिक अभ्यास लगभग सकिएको थियो। यसका लागि व्यावहारिक प्लेटफर्महरू कमजोर भइसकेका थिए।

पार्टीभित्र लोकतन्त्र, लोकतन्त्रीकरण र समावेशीकरणको नाममा अलोकतन्त्र बलियो हुँदै गएको थियो। पदहरू सिर्जना गर्ने, चाहे जति मानिसलाई पदको फुली भिराइदिने तर कमिटी प्रणाली अन्तर्गत निर्णय, कार्यान्वयन र मूल्याङ्कन गर्ने प्रणाली लगभग समाप्त गरिएको थियो।

प्रकाशित मिति: : 2021-11-25 15:42:00

प्रतिकृया दिनुहोस्