बिएल संवाददाता
नेपाली कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन्। संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन्।
सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८ सय ४४ मत पाउँदा घिमिरेले ८ सय ४२ मतमा चित्त बुझाए। अन्य पदाधिकारीमा पनि संस्थापन पक्षकाे वर्चस्व छ।
उपसभापतिमा रमेशजंग रायमाझी (८९०) र टंक प्रसाद राई (८४७) मतसहित विजयी भएका छन्।
त्यस्तै महामन्त्रीमा भुपेन्द्र राई (८२४) र रमेश थापा (८०३) मत ल्याएर निर्वाचित भएका छन्। सहमहामन्त्री महिलातर्फ प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भएकी छिन्।
सहमहामन्त्री खुल्लातर्फ सर्वाधिक मतसहित खड्ग फागो विजयी भएका छ्न्। उनले १ हजार २६ मत प्राप्त गरेका छ्न्। सहमहामन्त्रीमा विनोदकुमार बस्नेत पनि ७ सय ४७ मत प्राप्त गरी विजयी बने।
यसैबीच सभापतिका उम्मेदवार घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन्। पुन: मतगणना माग भएकोले निर्वाचन समितिले औपचारिक घोषणा गरेको छैन।
प्रदेश–१ को अन्तिम मत परिणाम
पदाधिकारी तर्फ :
सभापति :
१.उद्दव थापा – ८४४
२.गुरुराज घिमिरे -८४२
उपसभापति :
१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -७६५
२.टंक प्रसाद राई -८४७
३.रमेशजंग रायमाझी -८९१
४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -६६९
महामन्त्री :
१.उमेश थापा -८२३
२.दिपन कुमार श्रेष्ठ -७६४
३.पदम सुन्दर पालुङ्गवा- ८०७
४.भुपेन्द्र राई -८२४
सह-महामन्त्री :
१.प्रमिला गछदार -८३७
२.सीता कार्की-७३३
सह-महामन्त्री :
१.खड्ग फागो -१०२६
२.रोहित कुमार शाह -६६५
३.बिनोद कुमार बस्नेत -७४७
४.विरकाजी राई -६४७
५.शुभचन्द्र राई -८४
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया