बिएल संवाददाता
संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक सोमबार बसेको छ।
प्रस्तावित राजदूतको सुनुवाइका लागि सोमबार समितिको बैठक बसेको हो। सो बैठकमा कांग्रेसकी सांसद पुष्पा भुसालले उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्नुपर्ने बताइन्।
'सुनुवाइ समितिले राजनीति नियुक्तिका लागि गरिने सिफारिसमा गम्भीर रूपमा लिनु जरूरी छ। उजुरी लिनुभन्दा पहिले नै समावेशिताको प्रश्न उठ्नुपर्ने हो। तर, प्रक्रियाअघि बढिसकेपछि बोल्नु अलि उपयुक्त हुँदैन', उनले भनिन्, 'उजुरीको सुचना निकाल्नुअघि नै पर्याप्त छलफल गर्न सकिन्थ्यो। आगामी दिनमा गम्भीरतापूर्वक हेर्नुपर्छ।'
एमालेका सांसद सुमनराज प्याकुरेलले राजदूत नियुक्तमा समावेशीबारे प्रश्न उठाएका छन्।
'राजदूत नियुक्ति समावेशी छैन। समावेशी नगरी गरिने राजदूत नियुक्तिमा समितिको ध्यान जानुपर्छ। समावेशिताको प्रश्न गम्भीर उठ्यो, के कसो सरकारसँग जानकारी मागौं। अर्काे बैठक बसेर सुनुवाइ अगाडि बढाउँ,' उनले भन्छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया