'कर्णालीमा काँग्रेसलाई पहिलाे पार्टी बनाउन गुट अन्त्य गर्छु'

इतिहासमा पहिलो पटक हुन गएकाे प्रदेश सभाकाे निर्वाचनबाट म प्रदेश सभापति भएकाे छु। इतिहासका पानामा छापिने अवसर मैले पाउँदै गर्दा यसकाे जस उहाँहरुलाई जान्छ, जसले मलाई विश्वास गर्नुभयो।

र, विशेष धन्यवादका पात्र उहाँहरु हुनुहुन्छ, जाे म आकांक्षी भएकाे पदमा उम्मेदवारी दिएर लाेकतान्त्रिक पद्धतिमा सामेल हुनुभयाे। जसले पार्टीभित्रकाे लाेकतन्त्रलाई अझ मजबुत बनायाे।

नेपाली काँग्रेसकाे विधानमा एउटै पदकाे लागि आकांक्षीहरु धेरै देखिएकाे अवस्थामा निर्वाचनमा जान सकिने लाेकतन्त्रकाे सबैभन्दा सुन्दर पक्षलाई अंगिकार गरिएकाे छ। हामी एउटै पदका धेरै आकांक्षी हुँदा निर्वाचनमा हाेमिएका हाैं।

निर्वाचनमा पहिलाे हुने हामी नेतृत्वमा छाैं। तर, निर्वाचनमा दाेस्राे र तेस्राे हुनेहरु पाराजित भएकाे भन्ने मलाई लाग्दैन। हामी सबैले जितेका छाैं। यस हिसाबले कर्णालीमा नेपाली काँग्रेस निर्माण गर्ने जिम्मा हाम्रै काँधमा आएकाे छ।

हाे, हामी फरक–फरक समूह बनाई निर्वाचनमा हाेमिएका थियौं। हामीले सकेसम्म स्वस्थ प्रतिस्पर्धा गरेका छाैं। प्रतिस्पर्धाबाट म नेतृत्वमा चुनिएकाे छु। त्यसैले मेराे काँधमा हामी फरक–फरक समूहमा रहेका सबै साथीहरु एउटै पार्टीका हाैं र पार्टीकै लागि हामीले दिलाे ज्यान दिनुपर्छ भन्ने भाष्य निर्माण गर्नुपर्ने जिम्मेवारी थपिएकाे छ।

मैले याे ऐतिहासिक जिम्मेवारी पाइरहँदा गुटगद राजनीति अन्त्य गरेर नेपाली काँग्रेसलाई एकताबद्ध गराउने एउटै लक्ष्य बाेकिरहेकाे छु।

यति भनिरहँदा काँग्रेस जस्ताे गर्विलाे इतिहास बाेकेकाे पार्टी र यसमा लागेका नेता कार्यकर्ताहरु अबुझ पक्कै पनि हुनुहुन्न। उहाँहरुले बुझेकाे काँग्रेस पार्टीको मर्म व्यापक जनतासम्म पुर्‍याउनु हाम्राे कर्तव्य हाे।

पार्टी महाधिवेशनकाे बेला आफूले रुचाएकाे नेता चयन गर्ने मामलामा हामीले एक समूह चयन गरेका हाैं। जितेकोहरुमा उन्माद देखिने र हारेकामा चरम निराशा देखिने खालका गतिविधि मेराे तर्फबाट हुने छैन। मैले बुझेसम्म हाम्राे पार्टीको सिद्धान्त बुझेका कुनै पनि साथिले त्यस्ताे गर्नुहुने छैन।

काँग्रेस पार्टी लोकतान्त्रिक पद्धतीमा चल्छ। पार्टीकाे विचार र सिद्धान्तलाई नै हामीले आत्मसात गरी चुनाव गर्न लाग्याैं। नयाँ कार्यसमिति आएसँगै आम कार्यकर्तामा अब कुनै निराशा हुन दिँदैनौं। आउने निर्वाचनमा कर्णालीमा नेपाली काँग्रेस पहिलो पार्टी बनाउने गरी लाग्छाैं।

विभिन्न समूहमा लाग्दै गर्दा कहीँ कतै हामीमा निराशा र तिक्तता पनि आएका छन्। तर, अब तिक्तता र कटुता चकले लेखिएको कुरा लाई डस्टरले मेटाएझैं मेटाउँदै जान्छौं।

एउटा नेतृत्वका लागि आत्मविश्वास पहिलाे हतियार हाे। पार्टीको विभिन्न जिम्मेवारीमा रहेका साथीहरुकाे विश्वास जित्नु दाेस्राे हतियार हाे। म मेराे बल बुताले भ्याएसम्म सबै साथीहरुकाे विश्वास जित्ने गरी लाग्छु।

कम्युनिस्टको गड भत्काउदै काँग्रेसको ‘किला’ गाड्ने जुम्लाका ललितजंग

मेराे धेरै संकल्पहरु छैनन्। तर, जति छन् ती पूरा गर्ने गरी लाग्छु। म एउटा लामो यात्रामा निस्किएको यात्री हुँ। त्यसैले मैले मेरा मनबाट थकान भन्ने शब्द हटाइदिएकाे छु।

अब मेराे एउटै संकल्प पार्टीभित्रकाे गुटगत राजनीति अन्त्य गर्ने र आगामी निर्वाचनमा तीनै तहमा काँग्रेसलाई कर्णाली प्रदेशमा पहिलो पार्टी बनाउनु हाे। म याे संकल्पबाट पछि हट्दैन। पूरा गरी छाड्ने प्रण गरेकाे छु।

लाेकतान्त्रिक अभ्यासमा सामेल भएका साथीहरुमा हारकाे मानसिकता हावी हुने छैन। विचलन आउने छैन। नेतृत्वलाई असहयाेग गर्ने भन्नेमा त रत्तिभर संका छैन। यति हुँदा पनि काेही कसैले असहयोगकाे वातावरण बनाउँछ भने ऊ आफै पाखा लाग्छ।

तर, हाम्रा साथीहरु यति संक्रिण पनि कहाँ हुनुहाेला र? हामी लाेकतन्त्रकाे जग बसाल्ने पार्टीका कार्यकर्ता हाैं नी!

(नेपाली काँग्रेस कर्णाली प्रदेशका नवनिर्वाचित सभापति ललितजङ्ग शाहीसँग महेश नेपालीले गरेकाे कुराकानीमा आधारित)

प्रकाशित मिति: : 2021-12-07 17:45:00

प्रतिकृया दिनुहोस्